spot_img

५६.६२ प्रतिशत हकप्रद निकाल्न खोजेको दोर्दी खोलालाई २८.८० प्रतिशतको मात्रै स्वीकृति

spot_img

विद्युत नियमन आयोगले अनुपात घटाएर दोर्दी खोला जलविद्युत कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । आयोगले वैशाख १५ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो।

कम्पनीले  हाल कायम चुक्ता पुंजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँको ५६.६२ प्रतिशतले हुन आउने १ करोड १९ लाख ३८ हजार ७ सय १४ दशमलव ५८ कित्ता हकप्रद निष्काशन गर्न अनुमति माग गरेको थियो। तर आयोगले भने २८.८० प्रतिशतले हुन आउने ६० करोड ८२ लाख ५४ हजार ९ सय ९२ रुपैयाँ ६३ पैसा बराबरको ६० लाख २८ हजार ५ सय ४९ दशमलव ९२६३ कित्ता मात्र हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ।

कम्पनीको गत पुस २१ गते सम्पन्न साधारणसभाले हकप्रद निष्काशन गर्ने पस्ताव पारित गरेको थियो। कम्पनीले यस अघि २०८१ चैत्र १९ देखि २०८२  वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर जारी गरेको थियो।   एक वर्षपनि नबित्दै कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु, पाँच सदस्यीय समिति गठन

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा...

सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा आरक्षण दिँदै सरकार

सरकारले बहालवाला सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा अरक्षण दिने भएको छ...

अपार्टमेन्ट किन्नेले जग्गाको स्वामित्व पाउँदैनन्, ऐनले भन्छ, ‘पहिला भत्किन देऊ’

नेपालमा अपार्टमेन्ट संस्कृति सुरु भएको लामो समय भइसक्यो ।...

सुनको भाउमा झिनो वृद्धि

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

समस्याग्रस्त ४ सहकारीका थप १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीका १०५ जनाको...

आजदेखि पोखराबाट दुबई उडान सुरु हुँदै

आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उडान सुरु...