Tuesday, May 5, 2026
spot_img
spot_img

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

spot_img
spot_img

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको छ। हवाई उड्डयनसम्बन्धि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको प्रमुख पदमा नयाँ नियुक्ति हुन लागेको हो।

नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्त हुन लागेको हो भने नेपाल धितोपत्र बोर्डमा अध्यक्ष । यी दुवै पदका लागि आवेदन दिने हिजो वैशाख २१ गते सोमबार अन्तिम दिन थियो।

जसमा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदको लागि २१ जनाको आवेदन परेको छ  । संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो साँझ नै आवेदन दिएका २१ जना कै नाम र ठेगाना आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेर नियुक्ति पारदर्शी रहेको संदेश दिएको छ  ।

उता धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाको आवेदन परेको छ। नयाँ सरकार गठन भएसंगै पारदर्शी प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्त हुने अपेक्षामा बोर्ड अध्यक्षको लागि इतिहास कै धेरै अर्थात् ४७ जनाको आवेदन परेको हो।

तर न त अर्थ मन्त्रालय न अध्यक्ष सिफारिस गर्न गठित समितिले नै ति ४७ जनाको नाम सार्वजनिक गर्यो । पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका आवेदकको सूची सार्वजनिक गर्दा अर्थ मन्त्रालयले भने बोर्ड अध्यक्षका लागि आवेदन दिएकाको नाम सार्वजनिक नगरी गोप्य राखेको छ।

अर्थ मन्त्रीका सचिवालयका सदस्यहरुले बोर्ड अध्यक्षमा आवेदन दिएकाको नाम सार्वजनिक गर्न नमिल्ने, सार्वजनिक नगरिने जस्ता जवाफ दिने गरेका छन् । बोर्ड अध्यक्षका लागि आवेदन दिएकाको नाम सार्वजनिक नगरी गोप्य राखिएको यो नै पहिलो पटक हो ।

यसो हुँदा पारदर्शी प्रक्रियाको अपेक्षा गरेर आवेदन दिएकाहरु अशन्तुष्ट बनेका छन् ।  एक आवेदक भन्छन् ‘ भोलि सरकारले योग्यता र क्षमताको आधारमा एक जनालाई अध्यक्ष नियुक्त गर्ला, तर को को प्रतिस्पर्धी थिए, को को आवेदन दिएका थिए, जान्ने हक अन्य आवेदकलाई र सम्पूर्ण पुँजीबजारमा चासो राख्नेलाई रहन्छ’। आवेदकको सूची नै सार्वजनिक नगर्दा पारदर्शी नियुक्ति प्रक्रियामा प्रश्न उठेको उनको भनाई छ ।

बोर्डको अध्यक्षको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै ७ दिन भित्र अर्थात् वैशाख २१ भित्र योग्य तथा इच्छुकहरुलाई व्यक्तिगत विवरण पेश गर्न भनेको थियो।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौंमा अवस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्न भनिएको थियो। यस अघि बोर्डको अध्यक्ष नियुक्तिको लागि आवेदन दिँदा व्यवसायिक कार्ययोजना पनि पेश गर्नु पर्थ्यो भने सर्टलिस्टमा परेकाहरुले त्यसको प्रस्तुतिकरण समेत गर्नु पर्ने व्यवस्था हुने गरेको थियो । यस पटक भने सिफारिस समितिले व्यक्तिगत विवरण (CV) र स्वघोषणा फारम मात्र बुझाउन भनेको हो।

यस संगै सिफारिस समितिले प्राप्त आवेदनको आधारमा उम्मेदवारहरुमध्ये ३ जनालाई सिधै अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्ने संकेत गरेको छ । यस पटक बोर्ड अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न गठित समितिले बनाएको कार्यविधि पनि अर्थ मन्त्रालयले सार्वजनिक गरेको छैन । सिफारिस समितिलाई आफै कार्यविधि बनाउने अधिकार छ, सोहि अनुसार सिफारिस  समितिले आफै कार्यविधि बनाएर यस पटक व्यक्तिगत विवरण मात्र माग गरेको हो । कार्यविधि नै सार्वजनिक नगरिएकोले अब आवेदन दिएकाहरुको मुल्यांकन कसरी गरिन्छ भन्ने पनि प्रष्ट छैन ।

सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि नयाँ नियुक्ति हुन लागेको हो । नयाँ नियुक्त हुने अध्यक्षले श्रेष्ठको बाँकी कार्यकालको अवधिको लागि मात्र काम गर्न पाउने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...
spot_img