spot_img

२९ प्रतिशतले बढ्यो हिमालयन रिइन्स्योरेन्सको खुदनाफा, दीर्घकालीन लगानी १३ अर्ब बढी

spot_img

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसारकम्पनीको खुद नाफा २९.२ प्रतिशतले बढेर २२ करोड ६३ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा तुलनामा कम्पनीको खुद नाफा १७ करोड २० लाख मात्रै थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ६ करोड प्रिमियम संकलन गरेको छ भने विभिन्न लगानीबाट ३१ करोड २१ लाख आम्दानी गरेको छ। यस अवधिमा कम्पनीले ३८ करोड २० लाख बराबरको दाबी भुक्तानी तिरेको छ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा छ भने प्रति शेयर नेटवर्थ १५९.१६ रुपैयाँ रहेको छ । १० अर्ब ४० करोड चुक्ता पुंजी रहेको कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १८ करोड तथा रिटेन अर्निंगमा ८१ करोड ९५ लाख रहेको छ ।

यस अवधिमा कम्पनीले १३ अर्ब ६३ करोड दीर्घकालीन लगानी गरेको छ भने अल्पकालिन लगानी ५ अर्ब ४६ करोड रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...

नेपाल जग्गा तथा आवास एक्स्पो सुरु

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ...