spot_img

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

spot_img

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी नेपालको आर्थिक शिथिलताको अन्त्य सम्भव नहुने बताएका छन् । भूमि, आवास तथा निर्माण क्षेत्रको मन्दी केवल घरजग्गा कारोबारमा सीमित नरही रोजगारी, बैंकिङ स्थायित्व, शहरी विकास र निजी क्षेत्रको लगानीसँग जोडिएको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सको समन्वय तथा सहकार्यमा आयोजित ९ औं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले भूमि, आवास, पूर्वाधार तथा निर्माण क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधार भएको बताएका हुन् । यस क्षेत्रले रोजगारी सिर्जना, लगानी परिचालन, बैंक तथा वित्तीय क्षेत्रको गतिविधि, निर्माण सामग्री उद्योग, राजस्व र समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने अग्रवालको भनाइ छ ।

कोभिड–१९ महामारी अघि घरजग्गा, आवास तथा निर्माण क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको स्मरण गर्दै अध्यक्ष अग्रवालले पछिल्लो समय महामारी, विश्वव्यापी भूराजनीतिक तथा आर्थिक चुनौती र संकुचित नीतिगत व्यवस्थाका कारण रियल स्टेट क्षेत्र प्रभावित भएको बताए । यसको असर बैंक तथा वित्तीय संस्थाको ऋण पोर्टफोलियोदेखि औद्योगिक तथा व्यावसायिक गतिविधिसम्म परेको उनको भनाइ थियो ।

अध्यक्ष अग्रवालले रियल स्टेट क्षेत्रलाई चलायमान बनाउन हाउजिङ तथा रियल स्टेट कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्नुपर्नेमा जोड दिए । साथै, कर्जाको जोखिमभार तथा मूल्याङ्कनसम्बन्धी नीतिगत व्यवस्थामा पुनरावलोकन गरी बजारमा आवश्यक तरलता र पूँजीको पहुँच बढाउनुपर्ने समेत उनको भनाइ छ ।

घरजग्गा खरिदमा आम्दानीसँग जोडिएको कर्जा अनुपातसम्बन्धी कठोर व्यवस्था पुनरावलोकन गर्नुपर्ने, विदेशीलाई २५ प्रतिशत अपार्टमेन्ट लिजमा दिने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा भू–उपयोग नीति र कार्यान्वयनमा रहेका अस्पष्टता हटाउनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, कित्ताकाट तथा जग्गा वर्गीकरणमा देखिएका प्रशासनिक जटिलता अन्त्य, स्थानीय तह, मालपोत तथा नापी कार्यालयबीच प्रभावकारी समन्वय, डिजिटल भू–अभिलेख तथा एकीकृत जग्गा सूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले रजिष्ट्रेशन शुल्क, पूँजीगत लाभकर लगायत कर तथा शुल्कको पुनरावलोकन गर्नुपर्ने र एउटै सम्पत्तिमा विभिन्न तहबाट लाग्ने शुल्क तथा प्रक्रियागत लागत घटाउनुपर्ने पनि बताएका छन् ।

रियल स्टेट कम्पनीहरूले जग्गा खरिद, विकास, घर–घडेरी तथा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्ने व्यवसाय सञ्चालन गर्ने भए पनि जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थाले यस क्षेत्रको विकासमा अवरोध सिर्जना गरिरहेको भन्दै अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, स्थानीय तह तथा निजी क्षेत्रबीच समन्वय गरी समग्र रियल स्टेट नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । रियल स्टेट क्षेत्रको पुनरुत्थानसँगै आर्थिक गतिविधि, लगानी र रोजगारी विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...

नेपाल जग्गा तथा आवास एक्स्पो सुरु

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ...