Tuesday, August 18, 2026
spot_img

अन्तर्राष्ट्रिय स्तरको रेटिङ्ग गराउंदै नेपाल पुनर्बीमा कम्पनी, १८ देशसँग कारोबार

spot_img

नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय स्तरको रेटिङ्ग गराउने तयारी गरेको छ। क्षेत्रीय स्तरमा वैकल्पिक वा दोश्रो ठुलो पुनर्बीमा सेवा प्रदायकका रुपमा एशियन बजारमा स्थापित हुन कम्पनीले अन्तर्राष्ट्रिय स्तरको रेटिङ्ग कार्य गरिरहेको जनाएको हो।

पुनर्बीमा व्यवसाय मार्फत विश्व बजारको आशिक क्षेत्रमा उपस्थिति जनाएको यस कम्पनीले आन्तरिक पेशागत दक्ष जनशक्ति विकास नगरी उल्लिखित उपलब्धी हासिल हुन कठीन देखिएको कम्पनीको भनाई छ । विश्व दीगो विकास लक्ष्य अनुरुप कम्पनीले अन्तर्राष्ट्रिय रणनीति तयार गरी प्रभावकारी बजारीकरण गर्न र अनुपालन तथा सुशासनमा शुन्य सहनशीलता नीति लागू गर्न नियमनकारी निकायको सद्भाव तथा बीमक तथा पुनर्वीमक एवं पुनर्बीमा दलालको विश्वास प्राप्त गर्दै प्रभावकारी एवं गुणस्तरीय सेवा प्रदान गर्न  प्रतिवद्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय क्रेडिट रेटिको साथ साथ पुनर्बीमा सफ्टवेयर खरिद कार्य भइरहेको पनि जनाएको छ। व्यावसायिक भवन निर्माण गर्न काठमाण्डौं महानगरपालिकाबाट स्वीकृति प्राप्तिको चरणमा रहेको र यसै आर्थिक वर्षमा कार्यारम्भ गरिने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ।

हाल कम्पनीले आफ्नो व्यावसायिक सम्बन्ध विस्तार गर्ने क्रममा विभिन्न वैदेशिक बीमक तथा पुनर्बीमकसँग समेत व्यावसाय स्वीकार गर्दै आईरहेको छ । आ.व. २०७९८० मा कुल १६ देशका २४ बीमक र पुनर्वीमकबाट व्यवसाय स्वीकार गर्दै आईरहेको कम्पनीले आ.व. २०८०८१ मा कम्पनीको व्यावसायिक सम्बन्ध स्वदेश तथा विदेशमा विस्तार हुँदै हाल १८ देशका २८ कम्पनीहरूसंग सम्बन्ध स्थापित भई सकेको छ ।

कम्पनीको स्तर निर्धारण पश्चात अन्तर्राष्ट्रिय बीमा बजारमा ख्यातीप्राप्त बीमक र पुनर्वीमक तथा पुनर्बीमा दलालसँग थप व्यावसायिक सम्बन्ध कायम गर्दै अघि बढ्ने योजना रहेको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img