Friday, March 21, 2025
spot_img
spot_img

अन्तर्राष्ट्रिय स्तरको रेटिङ्ग गराउंदै नेपाल पुनर्बीमा कम्पनी, १८ देशसँग कारोबार

नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय स्तरको रेटिङ्ग गराउने तयारी गरेको छ। क्षेत्रीय स्तरमा वैकल्पिक वा दोश्रो ठुलो पुनर्बीमा सेवा प्रदायकका रुपमा एशियन बजारमा स्थापित हुन कम्पनीले अन्तर्राष्ट्रिय स्तरको रेटिङ्ग कार्य गरिरहेको जनाएको हो।

पुनर्बीमा व्यवसाय मार्फत विश्व बजारको आशिक क्षेत्रमा उपस्थिति जनाएको यस कम्पनीले आन्तरिक पेशागत दक्ष जनशक्ति विकास नगरी उल्लिखित उपलब्धी हासिल हुन कठीन देखिएको कम्पनीको भनाई छ । विश्व दीगो विकास लक्ष्य अनुरुप कम्पनीले अन्तर्राष्ट्रिय रणनीति तयार गरी प्रभावकारी बजारीकरण गर्न र अनुपालन तथा सुशासनमा शुन्य सहनशीलता नीति लागू गर्न नियमनकारी निकायको सद्भाव तथा बीमक तथा पुनर्वीमक एवं पुनर्बीमा दलालको विश्वास प्राप्त गर्दै प्रभावकारी एवं गुणस्तरीय सेवा प्रदान गर्न  प्रतिवद्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय क्रेडिट रेटिको साथ साथ पुनर्बीमा सफ्टवेयर खरिद कार्य भइरहेको पनि जनाएको छ। व्यावसायिक भवन निर्माण गर्न काठमाण्डौं महानगरपालिकाबाट स्वीकृति प्राप्तिको चरणमा रहेको र यसै आर्थिक वर्षमा कार्यारम्भ गरिने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ।

हाल कम्पनीले आफ्नो व्यावसायिक सम्बन्ध विस्तार गर्ने क्रममा विभिन्न वैदेशिक बीमक तथा पुनर्बीमकसँग समेत व्यावसाय स्वीकार गर्दै आईरहेको छ । आ.व. २०७९८० मा कुल १६ देशका २४ बीमक र पुनर्वीमकबाट व्यवसाय स्वीकार गर्दै आईरहेको कम्पनीले आ.व. २०८०८१ मा कम्पनीको व्यावसायिक सम्बन्ध स्वदेश तथा विदेशमा विस्तार हुँदै हाल १८ देशका २८ कम्पनीहरूसंग सम्बन्ध स्थापित भई सकेको छ ।

कम्पनीको स्तर निर्धारण पश्चात अन्तर्राष्ट्रिय बीमा बजारमा ख्यातीप्राप्त बीमक र पुनर्वीमक तथा पुनर्बीमा दलालसँग थप व्यावसायिक सम्बन्ध कायम गर्दै अघि बढ्ने योजना रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img