Sunday, May 25, 2025
spot_img

हिमालयन रि इन्स्योरेन्सको शेयर विवादमा उच्च अदालतले विपक्षीलाई बोलायो

spot_img
spot_img

हिमालय रि–इन्स्योरेन्सको शेयर विवादका सम्बन्धमा परेको मुद्दामा अदालतले प्रतिवादीलाई बोलाएको छ । मुकुन्द कुमार तिमल्सिनाले दायर गरेको रिटमा उच्च अदालत पाटनले विपक्षीलाई झिकाउने आदेश दिएको हो।

आज सोमबार उच्च अदालत पाटनका न्यायाधीश द्वय मुनेन्द्र प्रसाद अवस्थि र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले यस मुद्दामा प्रत्यर्थी (प्रतिवादी) झिकाउने आदेश दिएको हो । अदालतले प्रतिवादीहरु सुलभ अग्रवाल र उनकी श्रीमति सुभि अग्रवाललाई झिकाउने ओदश दिएको हो ।

तिमल्सिनाले २०८१ माघ २४ गते अदालतमा रिट दायर गरेका थिए।

के हो विवाद ? 

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको २ लाख २५ हजार कित्ता कामख्या फिनकोर्प प्रा.लि.का लागि भनेर राखिएको थियो । सुरुमा यो कम्पनी सुलभ र सुभीकै थियो । हिमालयन रिइन्स्योरेन्सको शेयर कामख्या फिनकोर्पको नाममा पनि रहने भने पछि तिमल्सिनाले शेयर वापतको पैसा तिरेर कामख्या फिनकोर्प कम्पनी  किने । तर, कम्पनीको नाममा जगेडा कायम भएको २ लाख २५ हजार थान शेयर आफ्नो जानकारी बिना अम्बर प्रोभेष्टेमन्ट कम्पनी प्रा.लि.का नाममा ट्रान्सफर भएको तिमल्सिनाको भनाइ छ । उनका अनुसार हाल उनीसँग कम्पनी मात्र छ, तर सो कम्पनीको नाममा हिमालयन रिइन्स्योरेन्सको हुनु पर्ने जति शेयर छैन ।

आफूहरुलाई थाहा नै नदिई कम्पनीको नाममा रहेको हिमालयन रिइन्स्योरेन्सको शेयर बिक्री गरेको भन्दै उनले सुरुमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी हालेका थिए । तर, कम्पनी रजिष्ट्रारको कार्यालयले निवेदन खारेज गर्दै प्रतिवादीकै निर्णय सदर गरेपछि तिमल्सिनाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनले कामाख्या फिनकोर्प प्रा.लि.सहित सुलभ अग्रवाल र उनकी श्रीमति सुभी अग्रवाललाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

कामाख्या फिनकोर्प प्रा.लि.ले साउनमै कम्पनीका शेयर सदस्यको जानकारी बिना नै शेयर बिक्री भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएपनि कम्पनी रजिष्ट्रारको कार्यालयले निवेदन खारेज गर्दै प्रतिवादीकै निर्णय सदर गरेपछि अदालतमा मुद्दा परेको थियो ।

त्यसपछि अदालतले आज विपक्षीलाई झिकाउने आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img