Thursday, June 18, 2026
spot_img

गार्डियन माइक्रोको आईपीओमा अधिक आवेदन, २५ हजार आवेदकले शेयर नपाउने

spot_img
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आईपीओमा माग भन्दा ११.४८ गुणा बढीको आवेदन परेको छ । सिडीएसको तथ्यांक अनुसार आवेदन दिने अन्तिम दिन आज पुस ३ गते साँझ ५ बजेसम्ममा  कम्पनीले निष्काशन गरेको आईपीओमा ४७ हजार ६ सय ५९ जना आवेदकले २५ लाख ८३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको छ।

कम्पनीले मङ्सिर १९ गतेदेखि पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि आईपीओ खुला गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जस मा २२ हजार ५ सयले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका २५ हजार बढी आवेदक हातखाली हुने छन् ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको शेयर बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीइओ र संचालकसँग राष्ट्र बैंकले माग्यो १० थरी विवरण, विदेशको सम्पत्ति खुलाउनु पर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग १० थरी...

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

मोबाइल प्रविधिको पाँचौँ पुस्ता फाइभ जी प्रविधि भित्र्याउन सरकार...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलाई सहयोग

सिटिजन्स बैंकले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ मा अवस्थित...

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका...
spot_img