Wednesday, June 18, 2025
spot_img

नेशनल लाईफका लुम्बिनी प्रदेशका अभिकर्ताहरु सिईओ क्लब सदस्यबाट सम्मान

spot_img
spot_img

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मणिग्राम स्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्विनी प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्विनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै आएको बताए। उनले यो कार्यक्रम मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा लुम्विनी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनुका साथै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने कम्पनीको योजना रहेको जानकारी गराए।

उनले, अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img