सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखाले आज आफ्नो स्थानान्तरित शाखाको उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यले संयुक्त रुपमा स्थानान्तरित शाखाको उद्घाटन गरेका हुन्।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन के.सी., कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सहभागी थिए ।
ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखी सेवालाई निरन्तरता दिँदै जाने कम्पनीले जनाएको छ ।










