Friday, May 23, 2025
spot_img

बीमा प्राधिकरणले कहिले पाउँछ कार्यकारी निर्देशक ? 

spot_img

नेपाल बीमा प्राधिकरणले कार्यकारी निर्देशक नियुक्तिको लागि प्रक्रिया अगाडी बढाएको छ। जस अनुसार प्राधिकरणले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडी बढाउन दुई साता अगाडी नै सहमतिको लागि लोक सेवा आयोगलाई पत्र पठाएको छ

लोक सेवालाई सहमतिको लागि पत्र पठाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार लोक सेवाले सहमति दिएपछि प्राधिकरणले दर्खास्त आह्वान गर्ने छ ।

प्राधिकरण २ महिना देखि कार्यकारी निर्देशकबिहिन रहेको छ । तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठ ११ गते अवकाश पाएपछि प्राधिकरण कार्यकारी निर्देशकबिहिन रहेको छ ।

प्राधिकरणमा बहालवाला निर्देशक मध्ये एक जना कार्यकारी निर्देशकमा बढुवा हुने प्रावधान छ । जसमध्ये कम्तिमा ५ वर्ष निर्देशको रुपमा प्राधिकरणमा कार्यरत भएको हुनुपर्ने छ । उसो त, महिलाको हकमा भने ४ वर्ष निर्देशक भएपछि कार्यकारी निर्देशकको लागि योग्य मानिने प्रावधान रहेको छ ।

प्राधिकरणमा निर्देशकको ४ जना दरबन्दी रहेको छ । जसमध्ये हाल १ निर्देशक पद रिक्त रहेको अवस्था छ। बाँकी रहेका ३ जना निर्देशक मध्ये एक जना कार्यकारी बन्ने पक्का पक्की छ । जेष्ठताको आधारमा कमलप्रसाद रेग्मी कार्यकारी बन्ने आधारहरु रहेको भएतापनि कार्यसम्पादन मुल्यांकनका आधारमा उनी नै बन्छन् भनेर भन्ने अवस्था छैन् । सोहि कारण अन्य दुई निर्देशक सुशीलदेव सुवेदी र पुजन ढुँगेल पनि कार्यकारी निर्देशकको दौडमा छन्। सुवेदी हाल प्राधिकरणको प्रवक्ताको भूमिकामा पनि छन्।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img