Saturday, July 11, 2026
spot_img

बीमा प्राधिकरणले कहिले पाउँछ कार्यकारी निर्देशक ? 

spot_img

नेपाल बीमा प्राधिकरणले कार्यकारी निर्देशक नियुक्तिको लागि प्रक्रिया अगाडी बढाएको छ। जस अनुसार प्राधिकरणले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडी बढाउन दुई साता अगाडी नै सहमतिको लागि लोक सेवा आयोगलाई पत्र पठाएको छ

लोक सेवालाई सहमतिको लागि पत्र पठाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार लोक सेवाले सहमति दिएपछि प्राधिकरणले दर्खास्त आह्वान गर्ने छ ।

प्राधिकरण २ महिना देखि कार्यकारी निर्देशकबिहिन रहेको छ । तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठ ११ गते अवकाश पाएपछि प्राधिकरण कार्यकारी निर्देशकबिहिन रहेको छ ।

प्राधिकरणमा बहालवाला निर्देशक मध्ये एक जना कार्यकारी निर्देशकमा बढुवा हुने प्रावधान छ । जसमध्ये कम्तिमा ५ वर्ष निर्देशको रुपमा प्राधिकरणमा कार्यरत भएको हुनुपर्ने छ । उसो त, महिलाको हकमा भने ४ वर्ष निर्देशक भएपछि कार्यकारी निर्देशकको लागि योग्य मानिने प्रावधान रहेको छ ।

प्राधिकरणमा निर्देशकको ४ जना दरबन्दी रहेको छ । जसमध्ये हाल १ निर्देशक पद रिक्त रहेको अवस्था छ। बाँकी रहेका ३ जना निर्देशक मध्ये एक जना कार्यकारी बन्ने पक्का पक्की छ । जेष्ठताको आधारमा कमलप्रसाद रेग्मी कार्यकारी बन्ने आधारहरु रहेको भएतापनि कार्यसम्पादन मुल्यांकनका आधारमा उनी नै बन्छन् भनेर भन्ने अवस्था छैन् । सोहि कारण अन्य दुई निर्देशक सुशीलदेव सुवेदी र पुजन ढुँगेल पनि कार्यकारी निर्देशकको दौडमा छन्। सुवेदी हाल प्राधिकरणको प्रवक्ताको भूमिकामा पनि छन्।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img