Tuesday, April 21, 2026
spot_img
spot_img

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि ५ जना सर्टलिस्ट, १० गते अन्तर्वार्ता

spot_img
spot_img

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिस्ट भएको छ । अध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न गठिन समितिले आवेदन दिएका १२ जना मध्येबाट ५ नामको नाम सर्टलिस्ट गरेको हो ।

सर्टलिस्टमा पर्नेमा कमल प्रसाद रेग्मी, चिरन्जीवी चापागाई, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । अब समितिले उनीहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण लिने छ भने अन्तर्वार्ता पनि लिने छ। त्यसको लागि त्यसको लागि फागुन १० गतेको दिन तोकिएको छ। व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको नतिजाको आधारमा समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ।  मन्त्रिपरिषदले ३ जना मध्येबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा नियुक्त गर्नेछ ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई कार्यकाल १ महिना छँदा अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहेको छनोट समितिले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समयावधि दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो ।

यी थिए  १२ आवेदकः

कमल प्रसाद रेग्मी
चिरञ्जिवी चापागाईं
डा देवराज रोका
डिमप्रसाद पौडेल
रामशरण पुडासैनी
शरद ओझा
विष्णुबाबु मिश्र
बुद्धकाजी श्रेष्ठ
दामोदर बसौला
विक्रान्त पाण्डे
विनोदकाजी श्रेष्ठ
रमण नेपाल

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img