Tuesday, July 21, 2026
spot_img

सवा अर्ब लगानीमा ग्राण्ड सेन्ट्रल होटल संचालनमा आउँदै, पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ

spot_img

सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेत (अजित)को एकल लगानीमा संचालनमा आउन लागेको उक्त होटलले सो रेटिङ पाएसँगै डलब बी माईनसबाट दिर्घकालिनका लागि ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फ छोटो अवधिका लागि ३ करोड रपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने भएको छ ।

विन्धाम होटल एशिया प्यासिफिक प्रालिबाट मान्यताप्राप्त उक्त होटललाई होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिईएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ । यस्तै कम्पनीलाई दिईएको उक्त रेटिङ कम्पनीका लगानीकर्ताहरुको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिईएको प्राथमिकतालगायतलाई पनि आधारमा लिएर दिईएको बताईएको छ ।

उक्त होटललाई एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले एकल लगानीमा निर्माण गर्दै आएका छन् । उनको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनाहरुमा प्रत्यक्ष लगानी र परियोजनाहरु निर्माण गर्दै आईरहेको छ । उक्त होटलले प्रतिष्ठित विदेशी चेन होटल विंडहामसँगको सहकार्यमा रमाडा ब्राण्डलाई भित्र्याएको छ । विन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटलहरु संचालित छन् । अध्यक्ष बस्नेतसँग यस्ता परियोजनामा काम गरेको लामो अनुभव र सफलतालाई हेरेर नै उनको होटलले उक्त रेटिङ पाएको बताईएको छ ।

इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटलले यसअघि नै विन्डहाम होटल्स एण्ड रिसोर्टसँग इटहरीमा ‘विंडहाम होटल बाइ रमाडा’ सञ्चालनका लागि फ्रेन्चाइजी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । उक्त सम्झौतापत्रमा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष वस्नेत र युरेसियाका मार्केटिङ प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरेका हुन् ।

यस्तै होटलको कुल लगानी १ अर्ब ७ करोडमा निर्माण भइरहेको सो होटललाई २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य लिएको छ भने पूर्ण रुपमा २०२६ को सुरुवातमै पूर्ण संचालनमा आईसक्ने बताईएको छ । अर्थात होटलको वित्तीय र भौतिक प्रगतिसँगै आगामी योजना हेरेरै इन्फोमेरिक्सले होटललाई उक्त रेटिङ दिएको बताईएको छ । यस्तै होटल रहेको स्थान पनि नेपाल भारत सीमाभन्दा ३० किलोमिटरकै दूरिमा रहेकाले यसले भारतीय पर्यटकहरुलाई लक्षित गरेको बताइएको छ । यसरी सेवाग्राहीलाई प्राथमिकतामा राखेर स्थान छनोट गरी होटल स्थापना भईरहेकाले पनि होटललाई उक्त रेटिङ दिईएको इन्फोमेरिक्सले जानकारी दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

औषधिको मूल्य बढ्दै

१० वर्षदेखि समायोजन हुन नसकेको औषधि मूल्य अब भने...
spot_img