Tuesday, July 21, 2026
spot_img

होटल प्रेसिडेन्टको आयोजनामा असोज १७ देखि ‘पक्कु फेस्टिबल’ हुँदै

spot_img

रैथाने परिकार ‘पक्कु’को प्रवद्र्धन गर्न ‘पक्कु फेस्टिबल २०८१’को आयोजना हुने भएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न असोज १७ देखि २१ गतेसम्म पक्कु फेस्टिबलको आयोजना गर्न लागेको हो ।

पक्कु फेस्टिबल होटल प्रेसिडेन्टको महाराजगन्जस्थित आउटलेटमा आयोजना हुने बिजनेस ग्रुपका अध्यक्ष शंकर (टीआर) भण्डारीले जानकारी दिएका छन् । परम्परा, पहिचान, पाक कला र पक्कु खाना संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले पक्कु फेस्टिबलको आयोजना गर्न लागिएको भण्डारीको भनाइ छ ।

‘पक्कु खानाको प्रवर्द्धन तथा संरक्षण गर्ने गरि बिजनेस ग्रुपले फेस्टिबलको आयोजना गर्न लागेको हो, तत्काल व्यवसायिक लाभभन्दा पनि रैथाने परिकार पक्कुको विषयमा जानकारी दिने उदेश्य छ’ उनले भने, ‘रैथाने खाना संस्कृतिको प्रचारप्रसारबाट पर्यटन क्षेत्रमा टेवा दिने फेस्टिबलको खास उदेश्य हो ।’

पत्रकार सम्मेलनमा पक्कुको विषयमा विज्ञ गोबिन्द नरसिंह केसीले पनि पक्कु खानाको विषयमा जानकारी गराएका थिए । पक्कु खाना मासुको एक रैथाने परिकारको रूपमा रहेको र यसको अहिलेसम्म प्रवर्द्धन र प्रचार खासै नभएको बताउँदै उनले पक्कु नेपालकै रैथाने परिकार भएको जानकारी दिए ।

परम्परागत सीप र विधि प्रयोग गरेर रैथाने खसी बोकाको मासुलाई गरम मसला प्रयोग गरि बनाइने पकिार नै पक्कु भएको भन्दै केसीले आधुनिक फ्रिजको विकास नहुँदै पकाएको मासुलाई धेरै दिनसम्म भण्डारण गरेर राख्नका लागि पक्कु बनाउने गरिएको जनाए ।

परदेशीका लागि दशैँमा पकाएको मासुलाई राख्नका लागि पनि पक्कु बनाईने परम्परा छ । पछिल्लो समय गाउँघरमा पक्कु बनाउन छोडिँदा पक्कुको विषयमा नयाँ पुस्ता अन्जान छ । पक्कु फेस्टिबलले पर्यटन क्षेत्रमा टेवा दिने होटेल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष दामोदर नेपालले बताएका छन् ।

यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्न सकेमा नेपालको पर्यटन क्षेत्र थप टेवा पुग्ने बताइएको छ ।

प्रेसिडेन्ट बिजनेस ग्रुपले सञ्चालन गरेको प्रेसिडेन्ट होटल राजधानीसहित देशका विभित्र शहरमा सेवा विस्तार गर्दैछ । केही दिनअघि काठमाडौँमा भव्य कार्यक्रम गरि होटल उद्घाटन गरिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img