होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

spot_img

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को अवसर पारेर आगामी जनवरी १६ र १७ (माघ २ र ३) मा दुई दिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ ।

नेपालको होटल तथा आतिथ्य उद्योगको समग्र अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हानले जनाएको छ । एक्स्पोमा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाका उत्पादक तथा आपूर्तिकर्ताका सप्लाई चेन मजबुत पार्ने अधिकांश स्टलहरू रहनेछन् ।

एक्स्पोका क्रममा होटल उद्योगले नेपालको अर्थतन्त्र, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा राजस्वमा पु¥याउँदै आएको योगदानलाई उजागर गरिने बताइएको छ । साथै, होटल तथा पर्यटन उद्योगले भोगिरहेका वर्तमान चुनौती, आगामी सम्भावना तथा उद्योगको विकासका लागि आवश्यक नीतिगत विषयमा सरोकारवालाबीच छलफलसमेत हुनेछ ।

कार्यक्रमकै अवसरमा ६० वर्षअघि २०२२ सालमा स्थापित होटल संघ नेपालको हिरक जयन्ती समारोहको औपचारिक समापन समेत गरिनेछ । हिरक जयन्तीको अवसरमा संघले नेपालको होटल तथा आतिथ्य क्षेत्रको विकासमा संघ र यसका सदस्य होटलहरूले पु¥याएको योगदानलाई समेत विशेष रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

होटल संघ नेपालले नेपालको पर्यटन तथा होटल उद्योगको वर्तमान अवस्था, सम्भावना र चुनौती समेटिएको वार्षिक विशेष पुस्तक ‘होटल एयर बुक २०२७’ समेत प्रकाशन गर्ने तयारी गरेको छ । पुस्तकमार्फत होटल तथा आतिथ्य उद्योगले राष्ट्रिय अर्थतन्त्र र पर्यटन विकासमा पु¥याएको योगदान तथा आगामी दिनमा उद्योगको विकासका लागि आवश्यक विषयलाई दस्तावेजीकरण गरिनेछ ।

त्यसैगरी, नेपाल सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा होटल संघ नेपालले आरोग्य पर्यटनको सफल कार्यान्वयन तथा प्रवद्र्धनका लागि विभिन्न विशेष कार्यक्रम सञ्चालन गर्दै आएको परिप्रेक्ष्यमा आतिथ्य दिवस २०२७ को अवसरमा होटल उद्योगले आरोग्य पर्यटनमा पु¥याउने योगदान बारे पनि विशेष प्रस्तुति हुनेछ ।

यसै क्रममा एक्स्पोको अवसरमा १०८ प्रकारका जैविक तथा आरोग्यमूलक परम्परागत नेपाली परिकार समेटिएको नेपाल हेरिटेज ‘वेलनेस कुकबुक २०२७’ प्रकाशन गरिनेछ । नेपाली मौलिक खाद्य परम्परा, हाम्रा पुर्खाले प्रयोग गर्दै आएका पौष्टिक तथा आरोग्यमूलक खाद्य सामग्री र परिकारलाई आधुनिक आतिथ्य सेवासँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले पुस्तक तयार गर्न लागिएको संघले जनाएको छ ।

यसअघि होटल संघ नेपालको आयोजनामा सम्पन्न गुन्द्रुक राष्ट्रिय कार्यशालाबाट प्राप्त सुझाव, विचार तथा निष्कर्षलाई समेत आत्मसात गर्दै नेपाली मौलिक खाद्य पदार्थ गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन तथा ब्रान्डिङ गर्ने कार्यक्रम पनि सो अवसरमा अघि बढाइने संघले जनाएको छ । गुन्द्रुकको मौलिकता, पोषण तथा आरोग्यमूल्यलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले होटल तथा रेष्टुरेन्टको मेनुमा यसको प्रयोग तथा प्रवद्र्धनलाई थप विस्तार गरिनेछ ।

होटल एक्स्पोका अवसरमा स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली रैथाने तथा मौलिक खानाका परिकारमार्फत स्वागत तथा सत्कार गरिने पनि होटल संघ नेपालले जनाएको छ । नेपालको मौलिक खानालाई पर्यटन अनुभवको महत्वपूर्ण हिस्सा बनाउँदै अन्तर्राष्ट्रिय पर्यटकसमक्ष नेपाली खानाको पहिचान स्थापित गर्ने संघको उद्देश्य रहेको छ भने संघले यसको महत्वलाई निरन्तरता दिँदै आएको छ ।

होटल एक्स्पो २०२७ मार्फत होटल तथा आतिथ्य उद्योगसँग प्रत्यक्ष रूपमा सम्बन्धित व्यवसाय, उत्पादन तथा सेवाको प्रदर्शनीसँगै उद्योग र सरकारबीच सहकार्य, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, बजार विस्तार तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि नयाँ अवसर सिर्जना हुने संघको विश्वास छ ।

होटल एक्स्पो २०२७ कार्यक्रमको व्यवस्थापन तथा समन्वयको जिम्मेवारी इभेन्ट सोलुसन प्रा।लि।ले गर्ने होटल संघ नेपालले जनाएको छ ।

होटल संघ नेपालले होटल एक्स्पो २०२७ लाई नेपालको होटल तथा आतिथ्य उद्योगको योगदान, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

जनकराज गिरी कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा जनकराज गिरी सहमहामन्त्री पदमा...

Ampere Nepal को चाडपर्व योजना: ग्राहकलाई १ लाख जित्ने मौका

Ampere Nepal ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित...

७४ जिल्लामा देखियो स्क्रब टाइफस संक्रमण

देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा...

गुहेश्वरी फाइनान्सले १६.८४ करोडमा किन्यो १२ आना जग्गा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १२ आना जग्गा खरिद...