Ampere Nepal को चाडपर्व योजना: ग्राहकलाई १ लाख जित्ने मौका

spot_img

Ampere Nepal ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक सुविधा पाउनुका साथै लक्की ड्रमार्फत १ लाख जित्ने मौका समेत प्राप्त गर्नेछन् ।

“नयाँ सवारी, नयाँ उमङ्ग – यसपालिको महाचाड Ampere सँग” भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत Ampere Nexus तथा Magnus खरिद गर्ने ग्राहकहरूले २० हजार नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप २० हजार मूल्याङ्कन मध्ये एक सुविधा रोज्न सक्नेछन् ।

यसका साथै ग्राहकहरूले १ वर्ष निःशुल्क सर्भिसिङ, ७ वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट तथा आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

चाडपर्व योजनाको मुख्य आकर्षणका रूपमा अफर अवधिभित्र Ampere स्कुटर खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमार्फत १ लाख जित्ने अवसर पाउनेछन् । Ampere REO VYB मोडलमा भने ग्राहकहरूले १० हजार नगद छुट वा १० हजार थप एक्सचेन्ज मूल्याङ्कन मध्ये एक सुविधा प्राप्त गर्न सक्नेछन् ।

Ampere Nepal का अनुसार यो योजना चाडपर्वको अवसरमा ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने तथा इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको हो । Ampere का इलेक्ट्रिक स्कुटरहरू देशभर विस्तार हुँदै गएको कम्पनीको शोरुम तथा डिलर नेटवर्कमार्फत उपलब्ध छन्, जहाँ ग्राहकहरूले स्कुटर अवलोकन, टेस्ट राइड तथा एक्सचेन्ज मूल्याङ्कनसम्बन्धी जानकारी लिन सक्नेछन् ।

यो चाडपर्व योजना छठ पूजासम्म मान्य रहनेछ । ग्राहकहरूले नजिकैको Ampere शोरुममा पुगेर अफर, सवारी उपलब्धता तथा लागू हुने नियम तथा सर्तबारे विस्तृत जानकारी लिन सक्नेछन् ।

इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी Ampere लाई नेपालमा STC Auto Solution Pvt. Ltd. ले प्रतिनिधित्व गर्दै आएको छ र कम्पनीले देशभर आफ्नो शोरुम तथा डिलर नेटवर्क विस्तार गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...

जनकराज गिरी कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा जनकराज गिरी सहमहामन्त्री पदमा...

७४ जिल्लामा देखियो स्क्रब टाइफस संक्रमण

देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा...

गुहेश्वरी फाइनान्सले १६.८४ करोडमा किन्यो १२ आना जग्गा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १२ आना जग्गा खरिद...