सडकभरी ईभी गुडिरहेको देख्दा तपाईलाई ईभी चढ्ने रहर लाग्छ कि लाग्दैन ? अनि, आफ्नो लागि गाडी छनोट गर्दा तपाई के के कुरा हेर्नुहुन्छ ? तर, नेपाली बजारमा ईभीको सुरुवात हुँदादेखि आजसम्म आइपुग्दा गाडी छनोटमा हेरिने कुराहरु पनि क्रमशः फेरिँदै गएका छन् ।
अहिले ईभी पारखीहरु साना भन्दा साना कुराहरु पनि हेरेर गाडी छनोट गर्ने गर्दछन् । अटोमोबाइल्स क्षेत्रका जानकारहरु पनि अहिले मूल्य र बाहिर देखिने फिचर्सबाहेक इन्टेरियर डिजाइन, आधुनिक प्रविधिको प्रयोग, ब्राण्डको विश्वसनीयता, गाडी लिइसकेपछि पार्टस् पूर्जाहरुको उपलब्धता जस्ता कुराहरु हेर्न सुझाव दिन्छन् । आधुनिक पुस्ताले गाडी किन्दा ‘डिजाइनको स्टाइल’ र कलर अप्सनसमेत हेर्न थालेका छन् ।
यदि तपाई उल्लेखित कुराहरु हेरेर गाडी लिने सोच्दै हुनुहुन्छ भने एमजी एस–५ का मोडलहरु उपर्युक्त हुन सक्छन् । यो लेखमा हामी एमजी एस–५ का तीन वटै भेरियन्टबारे चर्चा गर्दैछौँ ।
एस–५ मा ४९ र ६२ किलोवाट आवर क्षमताका दुई ब्याट्री अप्सन पाउन सकिन्छ । ४९ किलोवाट आवरको ब्याट्री भएको मोडल कम्फर्ट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्फर्ट भेरियन्टको ब्याट्रीलाई डिसी चार्जरले २६ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । एकपटकको फुल चार्जमा यसले ३४० किलोमिटरसम्म रेन्ज दिन्छ ।
लक्जरी भेरियन्टमा भएको ब्याट्रीलाई भने जम्मा २१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसले ४३० किलोमिटर रेन्ज दिन्छ । ६२ किलोवाट आवर क्षमताको एमजी एस–५ एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ ।
एस–५ रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध एसयूभी हो । अझ विशेष कुरा के छ भने, यसमा रहेको एलएफपी ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो ब्याट्री हो । जसका कारण गाडीको क्याविन अन्य गाडीको तुलनामा निकै नै खाली/खुला देखिन्छ । पर्याप्त स्पेश हुने भएकाले उसैपनि लक्जरी अनुभूति हुन्छ ।
अब मूल्यको कुरा गरौँ । ४९ किलोवाट आवरको इन्ट्री भेरियन्ट (कम्फर्ट)को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ । फुल अप्सन भेरियन्ट अर्थात् लक्जरीको मूल्य ५० लाख ९९ हजार रुपैयाँ छ ।
सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको यस गाडीको ग्राउण्ड क्लियरेन्स १८० एम.एम. छ ।
एस–५ को लम्बाइ ४ हजार ४७६ एम.एम., चौडाइ १ हजार ८४९ एम.एम. र उचाइ १ हजार ६२१ एम.एम. छ । २ हजार ७३० एम.एम. लामो ह्वील वेस भएको यो ईभीको ड्यासबोर्डको बीच भागमा १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन पाउन सकिन्छ । हिटेड र भेन्टिलेटेड सिट, वायरलेस चार्जिङ प्याड र कप होल्डर (२ वटा) समेत दिइएको छ ।
एमजीको एस–५ ईभी करिब डेढ वर्षदखि नेपाली सडकमा गुडिरहेका छन् । बिक्रीको आँकडाले पनि नेपाली बजारमा यो कार लोकप्रीय बनिसकेको ईभी ब्राण्डमध्ये एक हो भन्ने पुष्टि हुन्छ । पारामाउण्ट मोटर्सले २०८१ फागुनमा नेपालमा लन्च गरेको एस–५ ईभीलाई आधुनिक ईभी पारखीहरु प्रिमियम सुविधायुक्त ईभी एसयूभी पनि भन्छन् ।
अब यो सेग्मेन्टमा रहेका बिवाईडी एट्टो २ र निभो क्यू०५ सँग तुलना गरेर हेरौँ । एमजीले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने एट्टो २ ले ३४५ र निभो क्यू०५ ले ४०५ किलोमिटर रेन्ज दिने बताइन्छ ।
एमजी एस–५ रियर ह्वील ड्राइभमा छ भने बाँकी दुइवटै फोर ह्वील ड्राइभमा उपलब्ध गाडी हुन् । एट्टो २ ईभी ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक र निभो क्यू०५ ५१.९ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । एमजी एस–५ भने ४९ किलोवाट आवरको ब्याट्री भएको मोडल कम्फर्ट र लक्जरीसहित ६२ किलोवाट आवर क्षमताको टप भेरियन्टमा पाउन सकिन्छ ।
मूल्यमा पनि एमजी एस–५ को सुरुवाती मूल्य ४३ लाख ९९ हजार छ । एट्टो २ र निभो क्यू०५ को सुरुवाती मूल्य ४८ लाख ९९ हजार छ । यस आधारमा एमजी एस–५ छनोट गर्दा ग्राहकले कम मूल्यमा विशेषतायुक्त ईभी पाउन सक्ने देखिन्छ ।
यो मात्रै होइन, एमजीसँग अटोपारखी सबैका लागि सुहाउँदा मोडल उपलब्ध छन् । एमजी प्लग इन हाइब्रिड, एमजी यू९ ईभी, एमजी आईएम-६, एमजी एस-६ जस्ता मोडलहरु पारामाउण्ट मोटर्समार्फत नेपाली बजारमा उपलब्ध छन् । यी सबै मोडलहरुले ग्राहकबाट उत्कृष्ट रिभ्यू प्राप्त गरेका छन् ।
त्यसमाथि पारामाउट मोटर्स आफैँ पनि नेपाली अटोमोबाइल्स बजारमा स्थापित नाम हो । नेपालमा ईभीप्रति आम सर्वसाधारणको विश्वास जगाउने जगसमेत यहीँ कम्पनीले हालेको हो । एमजीका गाडीहरुमार्फत आम उपभोक्तामा ईभीप्रति विश्वास दिलाउँदै कम्पनीले बिक्री पछिको सेवा (आफ्टर सेल्स सर्भिस)लाई पनि विशेष ध्यान दिँदै आएको छ । यसका लागि कम्पनीले देशभरी नै आफ्नो सर्भिस नेटवर्क विस्तार गरेको छ । जसका कारण उपभोक्ताले तुरुन्तै सेवा लिन सक्ने अवस्था बनेको छ ।









