ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज आश्विन १४ गते काठमाण्डौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२÷०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको छ ।
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी रुपमा रहेको यस क्यापिटल नेपालको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी पनि हो । सञ्चालक समितिका अध्यक्ष दिपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको कार्यक्रम सञ्चालन कम्पनी सचिव छबिलाल शर्मा पौडेलले गरेका थिए।

साधारणसभामा बोल्दै अध्यक्ष रेग्मीले मुलुकमा आर्थिक गतिवधिहरु सुस्त रहेको भएतापनि कम्पनीले प्रतिफल वितरण गर्न सफल भएकोभन्दै कम्पनीको प्रगतिमा सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरे । साधारणभाले आर्थिक वर्ष २०८२÷०८३ को लेखापरिक्षण प्रतिवेदन र कम्पनीको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।










