Sunday, September 6, 2026
spot_img

होटल इच्छा अब अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालन हुने

spot_img

बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटल को व्यवस्थापनमा सञ्चालन हुने भएको छ। दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएसँगै होटल इच्छा अब ‘लेमन ट्री होटल’ ब्रान्डमा सञ्चालनमा आउनेछ।

सम्झौतामा होटल इच्छाका प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन्। कार्यक्रममा सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा र प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेल समेत सहभागी थिए।

लेमन ट्रीले नेपालमा यसअघि काठमाडौं र चितवनमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने विराटनगरको भृकुटी चोकमा नयाँ पाँचतारे होटल सञ्चालनको तयारी गरिरहेको छ। उक्त होटल वैशाख महिनामा उद्घाटन गर्ने योजना रहेको छ।

यो सहकार्यले बारा–सिमरा क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ भने अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशसँगै सेवा तथा व्यवस्थापनको स्तर अझ उकासिने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट

रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई...

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...

उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति !

भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...