Monday, September 7, 2026
spot_img

इला रिसोर्टः मौलाकाली केबलकारसँगै प्रकृतिको अद्भुत अनुभव (भिडियो)

spot_img

नवलपुरको गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालीमा सञ्चालित इला होटल तथा रिसोर्ट छोटो समयमै घुमन्ते र प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गर्न चाहनेहरुको रोजाईमा पर्न थालेको छ । आईएमई ग्रुपको लगानीमा २०८२ बैशाखबाट सञ्चालनमा आएको इला होटल मौलाकाली केबलकारसँग जोडिएको छ ।

मौलाकाली मन्दिर ५ सय वर्ष पूरानो मन्दिर हो । प्रशिद्ध र धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको मौलाकाली मन्दिर पुग्न केबलकारले सहजता दिएको छ । साथै केबलकारको टप स्टेशनसँगै रहेको इला होटल तथा रिसोर्टले समेत यहाँ पुग्ने पर्यटक र दर्शनार्थीहरुलाई थप सुविधा प्रदान गरेको छ ।

अर्को महत्वपूर्ण कुरा भनेको यो रिसोर्टबाट बगिरहेको नारायणी नदी, प्रशिद्ध देवघाट धाम र त्रिवेणीसमेत देख्न पाइन्छ । अझ अर्को कुरा, रिसोर्टबाट एकसाथ ३ वटा जिल्लाको पर्यावरण र प्राकृतिक सौन्दर्यसमेत अवलोकन गर्न सकिन्छ ।

होटलमा स्वीट्स तथा डिलक्ससहित ६५ वटा रुम, १ हजार जना मान्छेले सहजै सेवा लिन सक्ने क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्वीमिङ पुल, स्पा र जिम लगायतका सुविधाहरु छन् ।

होटलबाट ५ मिनेटको पैदल यात्रामा ऐतिहासिक र धार्मिक महत्वको मौलकाली मन्दिर पुग्न सकिन्छ । दर्शनार्थीहरुको सेवाका लागि बिहान ६ बजेदेखि रातको १० बजेसम्म केबलकार सञ्चालन हुन्छ ।

होटलका महाप्रबन्धक प्रदीप न्यौपानेका अनुसार समुन्द्री सतहबाट ५२० मिटरको उचाईमा अवस्थित इला होटल प्राकृतिक र रमणीय दृश्यावलोकनको गन्तव्यसँगै बैबाहिक समारोहको उपर्युक्त स्थानसमेत बन्दै गएको छ । होटल इलामा कर्पोरेट र रेसिडेन्सियल इभेन्टसहरु पनि आयोजना गर्न सकिन्छ ।

यस रिसोर्टले तथा होटलले छोटो समयमै यस क्षेत्रको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

भिडियो:

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई असोज १ देखि बिक्रीमा

मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको...

असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि देखि नयाँ म्युचुअल...

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...