आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २१ रुपैयाँ तोकिएको छ ।









