Monday, September 7, 2026
spot_img

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई असोज १ देखि बिक्रीमा

spot_img

मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने मुक्तिनाथ म्युचुअल फण्ड २ नामको बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो।

यस फण्डको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका १० करोड इकाई निष्काशन हुनेछ। जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटललाई सुरक्षित् गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई आम सर्वसाधारणको लागि बिक्री गरिने छ ।

यस निष्काशनमा आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ। छिटोमा असोज ६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज १५ गतेसम्म आवेदन दिन सकिने छ।

यस फण्डको अवधि १० वर्षको रहेको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई भदौ १० गते फण्ड संचालनको अनुमति दिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि देखि नयाँ म्युचुअल...

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...