Monday, September 7, 2026
spot_img

असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

spot_img

एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया इक्विटी अपुर्चुनीटी फण्ड नामको बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो।

यस फण्डको आकार ८० करोड रहेको छ। फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका ८ करोड इकाई निष्काशन हुनेछ। जस मध्ये १ करोड २० लाख इकाई एनआईसी एशिया बैंकलाई सुरक्षित् राखेर बाँकी रहेको ६ करोड ८० लाख इकाई आम सर्वसाधारणको लागि बिक्री गरिने छ ।

यस निष्काशनमा आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ। छिटोमा असोज १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज २१ गतेसम्म आवेदन दिन सकिने छ।

यस फण्डको अवधि १० वर्षको रहेको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई भदौ १० गते फण्ड संचालनको अनुमति दिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई असोज १ देखि बिक्रीमा

मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको...

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...