Wednesday, July 9, 2025

टानको अध्यक्षमा राजेन्द्र सापकोटालाई अघि सार्ने पर्यटन व्यवसायी संगठनको निर्णय

spot_img
spot_img

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को आगामी अध्यक्षका लागि राजेन्द्र सापकोटालाई अघि सार्ने निर्णय गरेको छ । आज आइतबार बसेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको बैठकले टानको आगामी अध्यक्ष पदमा सापकोटालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

नेपाल पर्यटन बोर्डको सञ्चालकको समेत अनुभव हासिल गरिसकेका सापकोटा चर्चित पर्यटन व्यवसायी हुन् । उनले देशका विभिन्न ठाउँमा पदमार्ग निर्माण, विकास तथा विस्तारमा आफ्नो तर्फबाट उल्लेख्य भूमीका निर्वाह गरेका छन् ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले टानको आगामी साधारणसभा तथा निर्वाचनमा अरु संगठनहरुसँग पनि मिलेर अथवा सहकार्य गरेर जान सकिने ठाउँ राखेको बताएको छ ।

‘अरु संगठनसँग पनि सहकार्य, सहमति गरेर जान सकिने ठाउँ राख्नुपर्छ, त्यहीँ भएर हामीले अध्यक्षमा उहाँ (राजेन्द्र सापकोट)लाई अघि सार्ने भनेर संगठनको तर्फबाट सर्वसम्मत निर्णय गर्यौ’ संगठनका एक नेताले भने, ‘अरु संगठनहरुसँग मिलेर जाने ठाउँ राखेरै हामीले अन्य पदमा उम्मेदवार तय नगरेका हौँ ।’

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img