spot_img

टानको अध्यक्षमा राजेन्द्र सापकोटालाई अघि सार्ने पर्यटन व्यवसायी संगठनको निर्णय

spot_img

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को आगामी अध्यक्षका लागि राजेन्द्र सापकोटालाई अघि सार्ने निर्णय गरेको छ । आज आइतबार बसेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको बैठकले टानको आगामी अध्यक्ष पदमा सापकोटालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

नेपाल पर्यटन बोर्डको सञ्चालकको समेत अनुभव हासिल गरिसकेका सापकोटा चर्चित पर्यटन व्यवसायी हुन् । उनले देशका विभिन्न ठाउँमा पदमार्ग निर्माण, विकास तथा विस्तारमा आफ्नो तर्फबाट उल्लेख्य भूमीका निर्वाह गरेका छन् ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले टानको आगामी साधारणसभा तथा निर्वाचनमा अरु संगठनहरुसँग पनि मिलेर अथवा सहकार्य गरेर जान सकिने ठाउँ राखेको बताएको छ ।

‘अरु संगठनसँग पनि सहकार्य, सहमति गरेर जान सकिने ठाउँ राख्नुपर्छ, त्यहीँ भएर हामीले अध्यक्षमा उहाँ (राजेन्द्र सापकोट)लाई अघि सार्ने भनेर संगठनको तर्फबाट सर्वसम्मत निर्णय गर्यौ’ संगठनका एक नेताले भने, ‘अरु संगठनहरुसँग मिलेर जाने ठाउँ राखेरै हामीले अन्य पदमा उम्मेदवार तय नगरेका हौँ ।’

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...