पछिल्लो समय नेपालीहरु कैलाश मानसरोवरको दर्शन गर्न जाने क्रम बढेको छ । विगतका वर्षमा एकाध नेपालीहरु मात्रै मानसरोवर पुग्ने गरेकोमा अहिले भने यो क्रम बढेको छ । बैशाख १५ देखि असोजको पहिलो हप्तासम्मलाई मानसरोवर दर्शनका लागि उपर्युक्त सिजन मानिन्छ ।
असोजदेखि नै हिउँ पर्न थाल्ने भएकाले आसोज दोस्रो हप्तादेखि चैत अन्तिमसम्म हिउँले छपक्कै हुन्छ मानसरोवर क्षेत्र । यसकारण बैशाख लागेपछि क्रमश: हिउँ पग्लिन थाल्छ र बैशाखको दोस्रो हप्ताबाट सहजै जान सकिन्छ ।
मानसरोवरमा सहज रुपमा नेपालीहरुलाई पुर्याएर दर्शन गराउँदै आएको ट्राभल कम्पनी ‘कैलाश भिजन ट्रेक्स’का अपरेशनल डाइरेक्टर सन्देश आचार्यका अनुसार नेपालगञ्जबाट सिमिकोट हुँदै र काठमाडौँबाट रसुवागढी हुँदै मानसरोवर पुग्न सकिने दुइ वटा रुट चल्तीमा छन् ।
नेपालगञ्ज हुँदै जाने रुट अन्तर्गत नेपालगञ्जबाट सिमिकोटसम्म जहाजमा जानुपर्छ । सिमिकोटबाट हिल्सा नाकासम्म हेलिकप्टरमा जानुपर्छ । त्यसपछि स्थलमार्ग हुँदै मानसरोवरसम्म पुग्न सकिन्छ । यसका लागि प्रतिव्यक्ति २ लाख ९० हजार रुपैयाँको प्याकेज उपलब्ध छ ।
यस्तै, स्थलमार्गमार्फत काठमाडौँबाट रसुवागढी हुँदै जाने रुट अहिले नेपालीहरुका लागि सहज छ । रसुवागढीसम्म नेपाली गाडीले लैजान्छ । त्यहाँबाट भने चिनियाँ गाडीमार्फत केरुङ हुँदै मानसरोवर पुग्न सकिन्छ । ‘कैलाश भिजन ट्रेक्स’ले यो रुटबाट जानेहरुका लागि प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँको प्याकेज उपलब्ध गराउँदै आएको छ ।
प्याकेजमा के के समावेश हुन्छ ?
सामान्यतया, मानसरोवर दर्शनमा लैजाने ट्राभल कम्पनीहरुले ९ रात १० दिनको प्याकेज बेच्छन् । स्थलमार्ग हुँदै जाँदा १ लाख ५० हजार र नेपालगञ्जको रुट हुँदै प्लेन र हेलिमार्फत जाँदा २ लाख ९० हजार शुल्क करिब करिब सबैको एउटै छ । तर, ‘कैलाश भिजन ट्रेक्स’ले त्यहीँ मूल्यमा १० रात ११ दिनको प्याकेज उपलब्ध गराउँदै आएको छ ।
‘मान्छेहरुलाई हतारमा जाँदा समस्या आउन सक्छ, कैलाश मानसरोवर उचाईमा पर्ने भएकाले हतार गरेर जाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ, विस्तारै आराम गर्दै मान्छेहरुलाई पुर्याउन सकियोस् भनेर हामीले १० रात ११ दिनको प्याकेज उपलब्ध गराउँदै आएका छौँ’ कैलाश भिजन ट्रेक्सका अपरेशनल डाइरेक्टर सन्देश आचार्यले भने ।
यो प्याकेजमा यात्रीहरुले दिनमा ४ पटक खाना तथा खाजा पाउँछन् । अत्यावश्यक औषधिहरु पनि कम्पनीले नै उपलब्ध गराउँछ । कैलाश मानसरोवर पुगिसकेपछि मानसरोवर परिक्रमा गर्ने क्रममा शरीरमा अक्सिजनको कमी नहोस् भनेर हरेक यात्रुलाई ‘पोर्टेबल अक्सिजन’ पनि उपलब्ध गराइन्छ ।

ज्याकेट, डफल ब्याग, भिर्ने झोला र एउटा न्यायो टोपी पनि उपलब्ध गराइन्छ । ‘यी सामान चाहिँ कम्पनीको तर्फबाट उपहार स्वरुप दिने गरिएको छ’ आचार्यले थपे ।
बाटोमा होटलमा बास बस्ने क्रममा पनि कैलाश भिजन ट्रेक्सले स्तरीय होटलमा राख्ने गरेको छ । ‘तीन तारे स्तरको होटलमा राख्ने र खाना खुवाउने गर्छौ, यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर बढी रेगुलेटेड हुने होटलहरुमा खाना खुवाउने गरेका छौँ’ उनले भने, ‘हामीले बास राख्दा पनि अक्सिजन रुममै सुताउँछौँ ।’ तातोपानी उपलब्ध हुने होटलमा राख्ने गरिएको उनको भनाइ छ ।
सँगै, कम्पनीले ५ जना बराबर एक जना ‘स्टाफ’ पनि पठाउने गर्दछ । यात्रुहरुले कुनै समस्या ब्यहोर्नु नपरोस् भनेर पर्याप्त मात्रामा जनशक्ति पठाउने गरिएको आचार्यको भनाइ छ । ति सबै कर्मचारीहरुको बीमा पनि गरिएको हुन्छ ।
यसैगरि, कम्पनीले यात्रुहरुलाई बीमा गरेर यात्रामा निस्कनु राम्रो हुन्छ भनेर बीमाका लागि सुझाउने पनि गरेको छ । बीमा गर्न चाहने यात्रुहरुका लागि बीमा कम्पनीबाट मान्छे झिकाएर सहजीकरण पनि गरिदिने गरेको छ ।
यसैबीच, नेपालगञ्ज रुट तर्फबाट जाने दर्शनार्थीहरुको सेवाका लागि कम्पनीले विभिन्न एयरलाइन्स र हेलिकप्टर कम्पनीसँग सहकार्य गरेर सृवा उपलब्ध गराउँछ । ‘कैलाश भिजन ट्रेक्स’मार्फत कैलाश मानसरोवर दर्शन गरेर फर्किएकाहरुले कम्पनीको सेवा सुविधा निकै स्तरीय रहेको प्रतिक्रिया दिने गरेका छन् ।
यात्रुले के के बोक्नुपर्छ ?
कम्पनीले प्राथमिक उपचारका लागि ट्रेनिङ प्राप्त जनशक्ति दर्शनार्थीको साथ लगाएर पठाउँछ । प्राथमिक उपचारका औषधिजन्य सामान पनि कम्पनीले नै उपलब्ध गराउँछ ।
यसबाहेक नियमित खानुपर्ने औषधि छ भने यात्रु आफैँले बोक्नुपर्छ । एउटा ज्याकेट कम्पनीले दिन्छ, अर्को एउटा तातो ज्याकेट आफैँले बोक्नुपर्छ । तातो ट्राउजर लगाएर निस्कनु पर्छ । केही ड्राइ फुड्सहरु पनि बोक्दा हुन्छ ।

डाउन ज्याकेट, रेनकोट, थर्मलर्म कोट, अन्डर वेयर, न्यानो ट्राउजर, ऊनी सर्टहरू, न्यानो स्वेटर, पन्जा, घामको टोपी, आरामदायी जुत्ता, गलबन्दी र मोजा साथमै बोक्नुपर्छ । चकलेट, ड्राई फ्रुट, ग्लुकोज, थर्मश, पानी शुद्ध बनाउने औषधि (ट्याबलेट्स), घाममा लगाउने चश्मा, सन ब्लक वा सन स्क्रिन लोशन, भिजेको टि स्यहुरू, ट्वाइलेट पेपर लगायतका केही सामान पनि आफैँले बोक्नुपर्छ ।
यी वस्तुहरुको उपयोगीता र प्रयोग विधिबारे कम्पनीले साथमै पठाउने जनशक्ति तथा गाइडहरुले जानकारी गराउने छन् ।
अर्को बिर्सन नहुने कुरा, मानसरोवर जाँदा चिनियाँ मुद्रा बोक्न बिर्सनु हुँदैन । चीनमा अन्य मुद्रा नचल्ने भएकाले चिनियाँ मुद्रा बोक्नुपर्छ । । चिनियाँ मुद्राको एकाइ युआन हो, १ युआन बराबर नेपाली २० रुपैयाँ जति हुन्छ ।














कैलाश यात्राको लागि नेपालको भरोसायोग्य कम्पनी हो, ढुक्क भएर जान सकिन्छ।