Friday, August 7, 2026
spot_img

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

spot_img

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यो अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशतले वृद्धि भएको छ । बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १६.४६ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १.५९ रुपैयाँ बढेर २०.३२ रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा र प्रतिशेयर नेटवर्थ १६३.५७ रुपैयाँ रहेको छ ।

४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कामना सेवा विकास बैंकको जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...
spot_img