Saturday, June 27, 2026
spot_img

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

spot_img
spot_img

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापन गर्दा अनिवार्य आधिकारिक सम्पर्क विवरण खुलाउन निर्देशन दिएको छ ।

विभागले जारी गरेको सूचना अनुसार श्रमिक माग गर्दै इजाजतपत्र प्राप्त संस्थाहरूले राष्ट्रियस्तरका दैनिक पत्रिकामा प्रकाशित गर्ने विज्ञापनमा संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र सम्पर्क स्थान उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर, हाल प्रकाशित केही विज्ञापनमा आवश्यक विवरण नखुलाइएको पाइएको भन्दै विभागले आवेदन दिन चाहने व्यक्तिले सम्पर्क गर्न समस्या भएको जनाएको छ । यसकारण विभागले इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापनमा अनिवार्य स्पष्ट सम्पर्क विवरण राख्न निर्देशन दिएको हो ।

त्यस्तै वैदेशिक रोजगारीका लागि मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दासमेत सम्बन्धित सम्पर्क व्यक्तिको नाम, नम्बर र ठेगाना खुलाउनुपर्ने र यदि यो प्रावधान कार्यान्वयन नभए कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img