Sunday, April 19, 2026
spot_img
spot_img

मर्क्योर होटलको ‘भ्यालेन्टाइन डे अफर’

spot_img
spot_img

काठमाडौं सुकेधारा हाइट्समा अवस्थित होटल मर्क्योरले भ्यालेन्टाइन डे अफर सार्वजनिक गरेको छ । होटलले भ्यालेन्टाइन डेमा प्रेमको उत्सव मनाउन क्युरेट गरिएका डाइनिंग अनुभव र विशेष रोमान्टिक स्टे प्याकेज उपलब्ध गराउने भएको हो ।

काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकनसहित नजिकका हिमालहरूको मनमोहक दृश्य हेर्दै क्यान्डल लाइट डिनर, रुफटपको अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीटसहित भ्यालेन्टाइन डे मनाउन सकिने अफर ल्याइएको होटलले जनाएको छ ।

भ्यालेन्टाइन अफर

डाइन– ‘अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स’ दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा भव्य बुफे डिनरको मज्जा लिन सकिने छ । जहाँको रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्नेछ ।

पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन् ।

शुल्कः प्रतिजोडी–७,९९९ रुपैयाँ

शुक्र बार – ‘सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स’

एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्र बारले ९० मिनेटका लागि असीमित पास–अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा एक घनिष्ठ सेटिंग प्रस्तुत गर्नेछ । लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्नेछ।

शुल्कः प्रतिजोडी–१२,९९९ रुपैयाँ

भ्यालेन्टाइनका स्टे प्याकेज

रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज

आफ्नो प्रियजनसँग उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे पनि दिन सकिने यस अफरमा आराम र लक्जरीको उत्तम समिश्रणको आनन्द लिन सकिन्छ ।

शुल्कः प्रतिजोडी–१७,९९९ रुपैयाँ

नाइट टू रिमेम्बर –द अल्टिमेट रोमान्टिक एस्केप

लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ जसले जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ ।

शुल्कः प्रतिजोडी २२,९९९ रुपैयाँ

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

रासस ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको...

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त...

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने...
spot_img