Thursday, March 19, 2026
spot_img

पाथीभरादेवी मुकुम्लुङ दर्शन केबलकारको निर्माण सुरु

spot_img
spot_img

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरादेवी मन्दिरसम्म पुग्ने पाथीभरादेवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य सुरु भएको जानकारी दिएका छन् ।

जिल्लाका सबै राजनीतिक दलहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने पनि इन्द्र केदेमले उल्लेख गरेका छन् ।

केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । उनले केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने पनि बताएका छन् ।

पौडेलले अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाएका छन् । यो केबलकारले अशक्त वृद्ध वृद्धा तथा बालबालिका लगायतका भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् ।

यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको सख्या १० लाखसम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । यसका साथै केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्व स्तरीय पर्यटन उत्पादन र सेवा सुविधाहरू सहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नको लागि सहयोग पुग्ने समेत कम्पनीको विश्वास छ ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ । आइएमई ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ । काठमाडौँको चन्द्रागिरिमा पहिलो केबलकार निर्माण गरी उपत्यकामा नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको आइएमईले नवलपुरको मौलाकाली र बुटवलको लुम्बिनीमा पनि केबलकारको निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । यी दुवै केबलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् ।

कर्णालीको जालपादेवी केबलकार निर्माणको काम द्रुत गतिमा अघि बढेको छ ।

अब पाथीभरा देवी दर्शन केबलकारको काम छिटो भन्दा छिटो सम्पन्न गरी नेपालको पर्यटन बजारमा थप गेम चेन्जर परियोजनाहरू अघि बढाउने कार्यमा हातेमालो गर्न पनि आइएमई ग्रुपले सबै पक्षसँग आह्वान गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिलाई बिहीबार निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउने तयारी

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२...

धापासी सर्दै एनसेलको कर्पोरेट कार्यालय

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर्पोरेट कार्यालय अब...

पूर्वाधार विकासमा समस्यै समस्या, अहिलेका राष्ट्रिय गौरवका आयोजना पुरा हुन ४१ वर्ष लाग्ने अनुमान

नेपालले सडक, जलविद्युत्, सिँचाइ र खानेपानी जस्ता ठूला पूर्वाधार...

पुराना राजनीतिक दललाई जनताले ३६ वर्ष कुरेँ, हामीलाई ३६ महिना पनि कुर्दैनन् : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपालाई...

इरानसँग युद्द लडिरहेको इजरायलले किन गरिरहेको छ लेबनानमा घातक हमला ?

अमेरिका र इजरायलले २८ फेब्रुअरी २०२६ मा इरानमा ठूलो...

महासंघको आगामी नेतृत्व सर्वसम्मत ढङ्गले चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी...
spot_img