Wednesday, July 9, 2025

यस्तो छ सरकारको स्टार्टअप नीति, पुँजी बजारमा प्रवेश गराउन सहज कानुन बन्ने

spot_img
spot_img

सरकारले स्टार्टअप उद्यमहरुलाई पुँजी बजारमा प्रवेशका लागि सहज गराउन सम्बन्धित कानूनमा परिमार्जन गर्ने भएको छ। सरकारले पारित गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० मा यस्तो व्यवस्था गरिएको छ ।

‘स्टार्टअप उद्यम प्रवर्धन गर्न प्रत्यक्ष विदेशी लगानी र गैरआवासीय नेपालीको लगानी आकर्षित गर्नुका साथै यस्ता उद्यमलाई पुँजी बजारमा प्रवेशका लागि सहज गराउन सम्बन्धित कानूनमा परिमार्जन गरिनेछ ।’ नीतिमा भनिएको छ ।

त्यस्तै स्टार्ट अप नीतिमा स्टार्टअप उद्यमको प्रवर्धनको लागि स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गर्ने विषय समावेश छ । साथै स्टार्टअप उद्यमको विकासको लागि तीन तहका सरकार प्राज्ञिक संस्था तथा निजी क्षेत्रबिच सहकार्य गर्ने नीतिमा उल्लेख छ।

सङ्घ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, वित्तीय संस्था, विश्वविद्यालय, उद्यम संवर्धन केन्द्रलगायतका संस्थाद्वारा सञ्चालित नवप्रवर्तन कार्यक्रमहरूबिच आपसी समन्वय, सहयोग, सहकार्य र साझेदारी विकास गरिने विषय पनि नीतिमा समावेश छ ।

स्टार्टअप उद्यमलाई प्रतिस्पर्धी तथा सबल बनाउन वित्तीय औजारहरूको उपयोग गर्ने सरकारले उल्लेख गरेको छ ।   स्टार्टअप उद्यम प्रवर्धन गर्न कर छुट, बिउ पुँजीको व्यवस्था, सहुलियतपूर्ण ऋण, निर्यातमा नगद अनुदान, प्राविधिक सहयोगलगायतका वित्तीय तथा गैरवित्तीय सुविधा उपलब्ध गराउने नीतिमा उल्लेख छ।

यस्तो छ स्टार्ट अप नीतिको पूर्ण पाठ:

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img