spot_img

स्टार्टअपहरूका लागि २ दिने तालिम सम्पन्न

spot_img

आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा आयोजना भएको दुई दिने तालिम सम्पन्न भएको छ। कात्तिक १५ र १६ गते स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्दै नेपाल मेन्टरसँगको सहकार्यमा काठमाडौंको मैतीदेवीस्थित सनवे कजेजमा आर्किटेक्चर एज ए सर्भिस (AaaS) विषयमा तालिम सञ्चालन गरिएको थियो।

तालिममा ४० बढी स्टार्टअप र इन्नोभेटरहरूले सहभागिता जनाएका थिए। सहभागीहरूलाई एमभीपी, ग्रोथ र कम्प्लायन्स रेडी सिस्टमहरू निर्माण गर्न प्रयोग हुने रेडी–टु–यूज बोइलरप्लेट्समा व्यावहारिक ज्ञान दिइएको थियो। साथै, स्टार्टअपको ग्रोथ र दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने स्केलेबल, सेक्योर र फ्यूचर–रेडी आर्किटेक्चर विकासमा परामर्श र मार्गदर्शन पनि प्रदान गरिएको थियो।

तालिमका प्रशिक्षक आर्किटेक्चर एज ए सर्भिसमा लामो अनुभव भएका आलोक कुमार पाण्डे थिए, जससँग सूचना प्रविधि क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ।

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२५ ग्राण्ड फिनालेमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिनेछ । त्यसअघि, आउँदो कात्तिक २७ र २८ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदैछ, जहाँ १५० बढी स्टार्टअप र इनोभेसनहरू प्रदर्शन हुनेछन् । फेस्टको अवलोकन निःशुल्क गर्न सकिने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...