Wednesday, June 17, 2026
spot_img

स्टार्टअपहरूका लागि २ दिने तालिम सम्पन्न

spot_img
spot_img

आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा आयोजना भएको दुई दिने तालिम सम्पन्न भएको छ। कात्तिक १५ र १६ गते स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्दै नेपाल मेन्टरसँगको सहकार्यमा काठमाडौंको मैतीदेवीस्थित सनवे कजेजमा आर्किटेक्चर एज ए सर्भिस (AaaS) विषयमा तालिम सञ्चालन गरिएको थियो।

तालिममा ४० बढी स्टार्टअप र इन्नोभेटरहरूले सहभागिता जनाएका थिए। सहभागीहरूलाई एमभीपी, ग्रोथ र कम्प्लायन्स रेडी सिस्टमहरू निर्माण गर्न प्रयोग हुने रेडी–टु–यूज बोइलरप्लेट्समा व्यावहारिक ज्ञान दिइएको थियो। साथै, स्टार्टअपको ग्रोथ र दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने स्केलेबल, सेक्योर र फ्यूचर–रेडी आर्किटेक्चर विकासमा परामर्श र मार्गदर्शन पनि प्रदान गरिएको थियो।

तालिमका प्रशिक्षक आर्किटेक्चर एज ए सर्भिसमा लामो अनुभव भएका आलोक कुमार पाण्डे थिए, जससँग सूचना प्रविधि क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ।

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२५ ग्राण्ड फिनालेमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिनेछ । त्यसअघि, आउँदो कात्तिक २७ र २८ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदैछ, जहाँ १५० बढी स्टार्टअप र इनोभेसनहरू प्रदर्शन हुनेछन् । फेस्टको अवलोकन निःशुल्क गर्न सकिने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...

नेप्सेको अध्यक्षमा अमृत लम्साल

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका...
spot_img