फास्टो नेपालः अर्डर गरेको सामान १० मिनटमै डेलिभरी

spot_img

काठमाडौँको व्यस्त दैनिकीमा किनमेल गर्नपनि एकाध घण्टा समय छुट्याएर मात्रै बजार निस्कनुपर्छ । सवारी जामले खर्चिने समय पनि छँदैछ । यसलाई सरलीकृत गर्न ‘क्वीक कमर्श’को अवधारणा अनुसार प्रशान्त घिमिरेको नेतृत्वमा ‘फास्टो नेपाल’ पनि अघि बढ्दैछ ।

फास्टो नेपालले काठमाडौँभित्र अर्डर गरेको सामान १० देखि १५ मिनेटमै अर्डरकर्ताले पाउँछन् । काठमाडौँ उपत्यकाको चक्रपथभित्र र बाहिर अर्डर गरेको १० देखि १५ मिनेटभित्रै सामान उपलब्ध गराइने प्रशान्त बताउँछन् । यसका लागि डिपार्टमेन्ट स्टोर मोडलका ‘वेयर हाउस’ बनाइएका छन् । ‘यी वेयर हाउसमार्फत अर्डर गरेको १५ मिनेटभित्र नै उपभोक्ताले पाउने गरी सामान पठाउँछौँ’ उनले भने ।

फास्टोमार्फत चामल, दाल, तेल, आँटा, चिया–कफी, गेडागुडी, चिउरा, डेरी प्रोडक्ट, अचार र मसला लगायतका भान्छामा आवश्यक पर्ने सबैजसो सामान डेलिभरी हुन्छ । यतिमात्रै होइन, ब्युटी र पर्सनल केयरका सामान पनि उपलब्ध छन् । चिसो पेय पदार्थ र लिक्वेयरदेखि ‘हाउस होल्ड’का सामान र इलेक्ट्रोनिक्स सामानसमेत फास्टोमार्फत डेलिभरी गरिन्छ ।

प्रशान्तका अनुसार उपभोक्ताले एप्सबाट अर्डर गरेपछि लोकेसन अनुसार जुन स्टोरबाट नजिक पर्छ, त्यहीँबाट डेलिभरी गरिन्छ । यसका लागि अहिलेलाई ९० जना ‘डेलिभरी मेनपावर’ राखिएको छ । स्टोर थपिँदै जाँदा डेलिभरी गर्ने जनशक्ति पनि थपिँदै जानेछन् ।

‘१० देखि १५ मिनेटभित्रै अर्डर गरेको सामान आईपुग्छ भन्दा मान्छेलाई अचम्म लागेको छ, अहिले हामीले परीक्षण गर्दा यसमा सफल पनि भईसकेका छौँ’ प्रशान्तले सुनाए, ‘अब फास्टोका प्रयोगकर्ता बढ्नेवाला छन् । चाँडै नै हामी यसको सेवालाई बिस्तार पनि गर्नेछौँ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...