Monday, April 20, 2026
spot_img
spot_img

६ सय स्टार्टअपले ३ प्रतिशत ब्याजमा पाए ८८ करोड ६६ लाख ऋण

spot_img
spot_img

आर्थिक वर्ष २०८१/०८२ मा सरकारले साढे ८८ करोड भन्दा बढी स्टार्टअप कर्जा प्रदान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ६ सय स्टार्टअपलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ सहुलियतपूर्ण स्टार्टअप कर्जा प्रदान गरेको हो ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार परेका १ हजार ३१४ आवेदनमध्ये प्रतिष्ठानले १ हजार ७३ स्टार्टअपलाई ‘सर्ट लिस्ट’मा राखेको थियो । यीमध्ये परियोजनाको प्रस्तुतिकरण र स्थलगत अध्ययनका आधारमा ६ सय स्टार्टअपले कर्जा पाएका हुन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताका अनुसार प्रस्तुतिकरण पश्चात ६६१ वटा परियोजना छनौटमा परेपनि केहीको कागजात अपुग भएको र केहीको स्थलगत अध्ययनका क्रममा प्रतिवद्धता अनुसारको नभेटिएपछि ६ सय परियोजनालाई मात्रै कर्जा प्रवाह गरिएको हो ।

कर्जाका लागि छनोटमा परेका स्टार्टअपले अब ४५ दिनभित्र बैंकमा गएर सम्पर्क गर्नुपर्नेछ । कर्जा पाउन योग्य ठहरिएका परियोजनामध्ये अधिकांश कृषि, पोशाक, ह्याण्डीक्राफ्ट, गार्मेन्ट, फर्निचर, होमस्टे, प्रशोधन उद्योग लगायत छन् ।

सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि स्टार्टअप कर्जाको लागि १ अर्ब रुपैयाँ बिनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०८०÷०८१ बाट सुरु भएको यस्तो कर्जा पहिलो वर्ष १६५ परियोजनाले पाएका थिए ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० मा स्टार्टअप उद्यम कर्जा एक परियोजनालाई ३ प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म दिन सकिने व्यवस्था गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img