६ सय स्टार्टअपले ३ प्रतिशत ब्याजमा पाए ८८ करोड ६६ लाख ऋण

spot_img

आर्थिक वर्ष २०८१/०८२ मा सरकारले साढे ८८ करोड भन्दा बढी स्टार्टअप कर्जा प्रदान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ६ सय स्टार्टअपलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ सहुलियतपूर्ण स्टार्टअप कर्जा प्रदान गरेको हो ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार परेका १ हजार ३१४ आवेदनमध्ये प्रतिष्ठानले १ हजार ७३ स्टार्टअपलाई ‘सर्ट लिस्ट’मा राखेको थियो । यीमध्ये परियोजनाको प्रस्तुतिकरण र स्थलगत अध्ययनका आधारमा ६ सय स्टार्टअपले कर्जा पाएका हुन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताका अनुसार प्रस्तुतिकरण पश्चात ६६१ वटा परियोजना छनौटमा परेपनि केहीको कागजात अपुग भएको र केहीको स्थलगत अध्ययनका क्रममा प्रतिवद्धता अनुसारको नभेटिएपछि ६ सय परियोजनालाई मात्रै कर्जा प्रवाह गरिएको हो ।

कर्जाका लागि छनोटमा परेका स्टार्टअपले अब ४५ दिनभित्र बैंकमा गएर सम्पर्क गर्नुपर्नेछ । कर्जा पाउन योग्य ठहरिएका परियोजनामध्ये अधिकांश कृषि, पोशाक, ह्याण्डीक्राफ्ट, गार्मेन्ट, फर्निचर, होमस्टे, प्रशोधन उद्योग लगायत छन् ।

सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि स्टार्टअप कर्जाको लागि १ अर्ब रुपैयाँ बिनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०८०÷०८१ बाट सुरु भएको यस्तो कर्जा पहिलो वर्ष १६५ परियोजनाले पाएका थिए ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० मा स्टार्टअप उद्यम कर्जा एक परियोजनालाई ३ प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म दिन सकिने व्यवस्था गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...