Friday, May 23, 2025
spot_img

३ प्रतिशत ब्याजमा पाइने स्टार्टअप कर्जाका लागि ५ हजार बढी आवेदन

spot_img

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार बढी परियोजनाले आवेदन पेश गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजनाले आवेदन दिएका हुन् ।

२०८१ साल भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरिएकोमा अनलाइन र अफलाइन गरि ५ हजार १५८ वटा प्रस्ताव परेका हुन् ।

अब यी प्रस्ताव मध्येबाट कर्जाका लागि छनोट हुने परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट अधिकतम २५ लाख रूपैयाँसम्म बिना धितो ३ प्रतिशत ब्याजमा ५ वर्षका लागि स्टार्टअप उद्यम कर्जा प्राप्त गर्नेछन् ।

सरकारले चालु आर्थिक वर्षमा स्टार्टअप उद्यम कर्जा प्रदान गर्न एक अर्ब रकम बजेट विनियोजन गरेको छ । यो रकम राष्ट्रिय वाणिज्य बैकमार्फत परिचालन हुने गरि सम्झौता भएको छ ।

अब मापदण्ड पूरा गरेका परियोजनाहरूलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी व्यावसायिक योजना प्रस्तुतीकरणका लागि बोलाउनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img