Monday, April 20, 2026
spot_img
spot_img

३ प्रतिशत ब्याजमा पाइने स्टार्टअप कर्जाका लागि ५ हजार बढी आवेदन

spot_img
spot_img

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार बढी परियोजनाले आवेदन पेश गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजनाले आवेदन दिएका हुन् ।

२०८१ साल भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरिएकोमा अनलाइन र अफलाइन गरि ५ हजार १५८ वटा प्रस्ताव परेका हुन् ।

अब यी प्रस्ताव मध्येबाट कर्जाका लागि छनोट हुने परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट अधिकतम २५ लाख रूपैयाँसम्म बिना धितो ३ प्रतिशत ब्याजमा ५ वर्षका लागि स्टार्टअप उद्यम कर्जा प्राप्त गर्नेछन् ।

सरकारले चालु आर्थिक वर्षमा स्टार्टअप उद्यम कर्जा प्रदान गर्न एक अर्ब रकम बजेट विनियोजन गरेको छ । यो रकम राष्ट्रिय वाणिज्य बैकमार्फत परिचालन हुने गरि सम्झौता भएको छ ।

अब मापदण्ड पूरा गरेका परियोजनाहरूलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी व्यावसायिक योजना प्रस्तुतीकरणका लागि बोलाउनेछ ।

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img