Monday, July 13, 2026
spot_img

जग्गाको हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

spot_img

घरजग्ग व्यवसायीहरुले नेपालको आर्थिक विकास र रोजगारीमा ठूलो योगदान दिँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय (रियल इस्टेट) अहिले नीतिगत जटिलताका कारण सङ्कटमा परेको गुनासो गरेका छन् ।

विगत ३० वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यस क्षेत्रले देशको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै हजारौँलाई रोजगारी दिँदै आएको भएपनि २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दी सम्बन्धी व्यवस्थाले व्यवसायीलाई ठूलो मर्कामा पारेको उनीहरुको गुनासो छ ।

सरकारले ल्याएको नयाँ नियम अनुसार कुनै पनि कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने र सोभन्दा बढी जग्गा भएमा त्यसको बिक्री वितरणमा समेत रोक लगाइएको छ ।

घरजग्गा व्यवसायीका अनुसार उनीहरूको काम नै जग्गा किनेर, त्यसलाई विकास गरी घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्नु हो । जग्गा उनीहरूको लागि ‘स्टक’ जस्तै भएको र यसमा हदबन्दी लगाउँदा व्यापारिक चक्र नै रोकिएको व्यवसायीको गुनासो छ ।

व्यवसायीहरूका अनुसार घरजग्गा व्यवसाय रोकिँदा यससँग जोडिएका अन्य सयौँ उद्योगहरू पनि प्रभावित भएका छन् । विशेषगरी डण्डी र सिमेन्ट उद्योगको खपत घटेको छ भने कामदार (मजदूर)देखि इन्जिनियरसम्मको रोजगारीमा प्रत्यक्ष असर परेको छ ।

यसका साथै, बैँक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गामा लगानी गरेका व्यवसायीले जग्गा बिक्री गर्न नपाउँदा बैँकको ब्याज मात्र तिरिरहनुपर्ने बाध्यता सिर्जना भएको र किनेको जग्गा पनि पास नहुने अवस्था सिर्जना भएको व्यवसायी बताउँछन् । यसले समग्र वित्तीय क्षेत्रलाई समेत जोखिममा पारेको उनीहरुको दाबी छ ।

घर वा अपार्टमेन्ट किनेका हजारौँ सर्वसाधारणले पनि पूर्ण भुक्तानी गरिसक्दा समेत जग्गाको स्वामित्व (पास) आफ्नो नाममा ल्याउन नपाएको व्यवसायीको भनाई छ ।

आगामी बजेटमार्फत सरकारले यस समस्यालाई सकारात्मक रूपमा समाधान गर्ने व्यवसायीको अपेक्षा छ । शहरीकरणलाई व्यवस्थित बनाउन र ठूला शहरको विकासका लागि ३० रोपनीको हदबन्दी व्यावहारिक नभएको भन्दै यसलाई खुकुलो पार्न र व्यावसायिक प्रयोजनका लागि जग्गा खरिदबिक्रीमा सहजीकरण गर्न उनीहरूले सरकारसँग माग गरेका छन् ।

यदि यो नीतिगत गाँठो फुकाउने हो भने बैँक तथा वित्तिय संस्थाको कर्जा असुली हुने, नयाँ आयोजनाहरू सुरु हुने र देशको अर्थतन्त्र फेरि चलायमान हुने व्यवसायीहरूको विश्वास छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img