Monday, April 20, 2026
spot_img
spot_img

यी ४ कारण, जसले मंसिर महिनामा बढायो घरजग्गा कारोबार

spot_img
spot_img

मंसिरमा घरजग्गा कारोबार बढेको छ । भूमी व्यवस्था तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा देशभरका मालपोत कार्यालय तथा भूमी सुधार एवम् मालपोत कार्यालयहरुबाट ५१ हजार ६३२ लिखत पारित भएका छन् । यसबाट सरकारले ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार रुपैयाँ राजस्वसमेत प्राप्त गरेको छ ।

गत वर्षको मंसिर महिनाको तुलनामा यस वर्षको मंसिरमा लिखत पारित करिब ८ हजारले बढेको हो । गत मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट जम्मा ४३ हजार ३७९ लिखत पारित भएका थिए । जसबाट सरकारले ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार राजस्व पाएको थियो ।

गत वर्षको मंसिरको तुलनामा यस वर्षको मंसिरमा करिब ९७ करोड बढी राजस्व संकलन भएको छ ।

साथै, कार्तिक महिनाको तुलनामा पनि मंसिरमा लिखत पारित झण्डै २३ हजार बढी लिखत पारित भएको छ । कार्तिकमा जम्मा २८ हजार ३८३ लिखत पारित हुँदा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार राजस्व उठेको थियो ।

मंसिरमा किन बढ्यो कारोबार ?

घरजग्गा व्यवसाय सुस्ताएको ३ वर्ष भन्दा बढी भइसक्यो । कित्ताकाट रोकिने, खुल्दा पनि सहज रुपमा नखुल्ने लगायतका समस्याले घरजग्गा कारोबार सुस्ताएको थियो । स्थानीय तहहरुले समयमै जग्गाको वर्गीकरण नगरिदिँदा पनि कारोबार शिथिल बनेको थियो । भूउपयोग नियमावली जारी भएको तीन वर्ष हुँदासम्म ७५३ स्थानीय तहमध्ये २५३ स्थानीय तहले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका थिए । ५ सय स्थानीय तहले जग्गाको वर्गीकरण नै गर्न सकेका थिएनन् । त्यसकारण साउनदेखी त्यस्ता ५ सय स्थानीय तहमा कित्ताकाट रोकिएको थियो ।

तर, सरकारले कार्तिक २४ गते कित्ताकाट खुलाउने निर्णय गरेसँगै घरजग्गा कारोबार पनि बढ्न थालेको हो । कार्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन २०८२) स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो ।

घरजग्गा व्यवसायी हामिद खानाले पनि कित्ताकाट खुलेसँगै कारोबार केही बढ्न खोजेको तर, अझै पनि खरिदकर्ता र व्यवसायीमा ‘कन्फिडेन्स’ भने आइनसकेको बताए । उनका अनुसार मंसिर लागेसँगै घरजग्गा कारोबारको सिजन पनि सुरु हुने भएकाले असोज र कार्तिकको तुलनमा मंसिर महिनामा अघिल्ला वर्षहरुमा पनि घरजग्गा कारोबार बढी नै हुने गर्दछ ।

‘मंसिर लागेपछि घरजग्गा कारोबारको सिजन पनि सुरु हुन्छ, कित्ताकाट खुलेको कारणले पनि केही कारोबार बढाउन मद्दत गरेको छ’ उनले भने, ‘तर, नीतिगत रुपमा ठूलो चेन्ज केही पनि आएको छैन । आझै पनि व्यवसायी र खरिदकर्ता दूबैको कन्फिडेन्स बढिसकेको छैन ।’

अर्का व्यवसायी इश्वर खरेलले भने मुख्य दुइ कारण औल्याएका छन् । पहिलो हिउँद महिना सुरु भएकाले जताततै खाली हुने र जग्गा राम्रोसँग हेर्न सकिने भएकाले कारोबार बढ्यो । दोस्रोः घरजग्गा कारोबार गर्न लाइसेन्स चाहिने र पौषबाट ५ लाखभन्दा माथिको कारोबार नगदमा गर्न नपाउने भन्ने प्रावधान ।

उनका अनुसार अन्यत्र लगानी गर्ने अवस्था नभएकाले अहिले घरजग्गामै लगानी बढ्न थालेको छ । ‘जमिन’लाई नै सुरक्षित लगानीका रुपमा हेर्न थालिएको उनको बुझाई छ ।

अर्को कुरा, भविष्यमा आउन सक्ने झन्झटलाई हेरेर पनि अहिले नै घरजग्गा किन्नेहरु बढेका छन् । स्रोत देखाउनुपर्ने, ५ लाखभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने, चेकबाट गर्नुपर्ने र लाइसेन्स लिएको ब्रोकरमार्फत मात्रै घरजग्गा कारोबार गर्नुपर्ने भन्ने प्रावधानले असजिलो हुन्छ कि भन्ने ठानेर ‘अहिले नै जमिन जोडेर राखौँ’ भन्नेहरु बढेको खरेलको बुझाई छ ।

‘यी हाउगुजी चलिरहेका बेला जग्गाको भाउ पनि सस्तो छ । अहिले आफूसँग भएको पैसामा यसो सरसापटी गरेर थपथाप गरेर जग्गा किनेर राख्ने क्रम बढेको छ’ उनी भन्छन्, ‘अहिले किनेर राख्दा सुरक्षित पनि हुने र झन्झट पनि नपर्ने भएकाले घरजग्गाको किनबेच बढेको हो भन्ने मेरो बुझाई छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img