spot_img

पहिलोपटक घर किन्न ३ करोडसम्म कर्जा पाइने, लोन टू भ्यालू रेसियो ८० प्रतिशत

spot_img

राष्ट्र बैंकले पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई ३ करोडसम्मको आवासीय घर कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । मौद्रिक नीति कार्यान्वयनका लागि एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले पहिलोपटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई ३ करोडसम्मको आवासीय घर कर्जामा लोन टू भ्यालू रेसियो बढीमा ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरेको हो ।

यसका लागि राष्ट्र बैंकले केही शर्त पनि तोकेको छ । जस अन्तर्गत ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर/अपार्टमेन्ट हुनुपर्ने, कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यस पूर्व घर/अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नु पर्ने, यस सुविधा अन्तरगत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने र कर्जाको व्याजदर वृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

यस्तै, रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालू बीचको अनुपात बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने यसअघिको प्रावधान यथावात राखिएको छ ।

निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरु÷परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा लोन टू भ्यालू रेसियो बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि यस्तो कर्जाको लोन टू भ्यालू रेसियो ६० प्रतिशत थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...

ग्यास अभावले बन्द हुन थाले होटल, रेष्टुरेन्ट र पार्टी प्यालेस

एलपी ग्यासको अभाव चुलिएपछि स्वरोजगार मूलक होटल तथा खाजा...

एमसीसी परियोजना : सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास...

सिटिजन्स क्यापिटलको साधारणसभा आह्वान, १३ प्रतिशत लाभांश प्रस्ताव

सिटिजन्स क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज...

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा

सिटिजन्स क्यापिटलले संचालन गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डले...