Friday, May 8, 2026
spot_img

नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच ब्यापार सहजीकरण र लगानीको समझदारी

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरुले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।

खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरुको पहिचान र दुई पक्षीय हित प्रर्वद्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवाले चिनियाँ व्यवसायी समक्ष आग्रह गरेका छन् ।

पूर्वाधार निर्माण, रियल इस्टेट, ब्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा दुई पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्रबीच महत्वपुर्ण छलफल भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गर्दै नेपालमा लगानीको वातावरण एवं प्रतफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत प्रतिवद्धता जनाएका छन् । अध्यक्ष अग्रवालले भने, ‘नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु ।’

यसका लागि बी टु बी भ्रमण र सहकार्यलाई बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिएका छन् । नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको समेत उनले जनाए ।

नेपाल र चीन दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा जोड दिँदै अध्यक्ष अग्रवालले चिनियाँ व्यवसायीहरुलाई नेपालमा भ्रमण गर्न समेत आग्रह गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...
spot_img