आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार ११५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको पनि तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय २३ रुपैयाँ तोकिएको छ ।












