Friday, May 8, 2026
spot_img

तिहारः भाइमसलाको भाउ आकाशियो, काजु र बदाममा प्रतिकिलो ५ सयसम्म मूल्य वृद्धि

spot_img
spot_img

तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौँका मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक, मखनगल्ली लगायतका रैथाने बजारमा किनमेलका लागि ग्राहकहरुको भीड लाग्न थालिसकेको छ ।

यसवर्ष भाइमसलाको भाउ महगिएको छ । एकातिर बाढी पहिरोले समयमै आयात हुन नसक्ने अवस्थाले ढुवानी भाडा बढेको र अर्कातिर जुन देशबाट आयात हुने हो त्यहीँ देशमा भाउ बढ्दा भाइमसलामा प्रयोग हुने मरमसलाको भाउ आकाशिएको व्यवसायीहरुले बताएका छन् ।

खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यसपाली भाइ मसलामा प्रयोग हुने सबैजसो मरमसलाको भाउ बढेको छ । कतिपय सामानको भाउ त ३० प्रतिशतसम्म बढेको उनको भनाइ छ । खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान बज्राचार्यले पनि भाइमसलाको मूल्य बढेको बताएका छन् ।

कुन मसलाको भाउ कति छ ?

यसपाली सुकमेल, काजु, बदाम, ओखर र सुपारीको भाउ निकै आकाशिएको छ । खुद्रा व्यापार संघका अनुसार गतवर्ष प्रतिकिलोग्राम २ हजार ५ सय रुपैयाँ रहेको सुकमेलको भाउ यसपाली दोब्बर पुगेको छ । यसपाली सुकमेलको मूल्य प्रतिकिलो नै ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

गतवर्ष प्रतिकिलोग्राम १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्म बिक्री भएको काजुको भाउ यसपाली किलोमै २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पुगेको छ । यस्तै, गतवर्ष १ हजार २ सयरुपैयाँ प्रतिकिलोमा बिक्री भएको बदामको भाउ यसपाली प्रतिकिलो १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।

गतवर्ष प्रतिकिलो १ हजार २ सयदेखि १ हजार ३ सयसम्म रेहेको सुपारीको मूल्य पनि यसपाली प्रतिकिलो १ हजार ८ सय रुपैयाँसम्म पुगेको छ ।

यसपाली पेस्ताको मूल्य प्रतिकिलो २ हजारदेखि २ हजार २ सय, किसमिसको मूल्य प्रतिकिलो ५५० देखि ७ सय, छोकडाको मूल्य प्रतिकिलो ४५० देखि ५ सय, ओखर प्रतिकिलो ५५० देखि ६ सय, मरिच १ हजार ८ सय, ल्वाङ २ हजारदेखि २ हजार ३५० सम्म, दालचिनी प्रतिकिलो ८ सय र मखन्न प्रतिकिलो २ हजार रुपैयाँमा खुद्रा बिक्री भइरहेको छ ।

अलैँची प्रतिकिलो ४ हजार, मिश्री प्रतिकिलो १८० देखि २६० रुपैयाँ, खुर्पानी प्रतिकिलो १ हजार २ रुपैयाँ, नरिवल प्रतिकिलो ५५० देखि ६ सय रुपैयाँ र अन्जिर प्रतिकिलो २ हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्याकिङ भएर आउने भाइमसलाको बाकसमा १६ थरीका मसला राखिएको हुन्छ । काजु, पेस्ता, बदाम, मखना, नरिवल, छोकडा, ल्वाङ, सुकमेल, अलैँची, दालचिनी, किसमिस, अञ्जीर, ओखर, मिश्री, खुर्पानी र सुपारी सहितको प्याकिङ नै बजारमा उपलब्ध हुने गरेको छ । नेपाली बजारमा मसलाका अलवा चकलेट, मिठाई र सेलरोटी समेत भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसलाका रुपमा दिने चलन छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को ३ महिना (साउन, भदौ र असोज)मा सवा १ अर्ब बराबरका भाइमसलाजन्य सामान आयात भएको छ । नेपालमा भारतबाट सबैभन्दा धेरै आयात हुन्छ । चीन, भियतनाम, कतार, दबुई, अमेरिका, थाइल्यान्ड लगायतका देशबाट पनि मसलाजन्य सामान आयात हुने गरेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...
spot_img