spot_img

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

spot_img

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।

यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, इलेक्ट्रिक एसयुभी नयाँ टाटा पन्च ईभी नै जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ ।

योजना अन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार प्रदान गरिनेछ ।

साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ । यो चाडपर्वमा भाटभटेनीमा सपिङ्ग गर्दा ग्राहकहरुले २ वटा नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन् ।

२० वटा शोरुमसँगै अब नेपालभरीको २८ वटा भाटभटेनीमा पनि टाटा कारको जानकारी लिन सकिने छ । यसको साथै यो चाडपर्वको बेलामा भाटभटेनीमा सपिङ्ग गर्ने टाटा कारको ग्राहकहरुले थुप्रै सरप्राइज पाउने कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार...