वल्डलिंकद्वारा महिला सशक्तिकरणका लागि सीपमूलक तालिम सम्पन्न

spot_img

संस्थागत सामाजिक उत्तरदायित्व द्धारा सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रम अन्र्तगत तिन दिने सीपमूलक तालिम ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न भएको छ । तालिममा छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५जना महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हार्पिक तयारी सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमले महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो।

वल्र्डलिङ्ककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताईन्। उनले भनिन् ‘महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु हो। सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिन्छ।’

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच...

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित हुन पुग्योः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका...

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा...

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा...

असोज २३ बाट अग्रिम टिकट बुकिङ खुला, सवारी साधनलाई रुट परमिट नचाहिने

दशैंका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुला...

एनआरएन फण्डलाई ८५ प्रतिशतसम्म आइपीओ ल्याउने बाटो खुल्यो, ५० अर्बको लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...