spot_img

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

spot_img

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले दशैंको अवसरमा अल्ट्राभायोलेटको मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ उपलब्ध गराउने भएको छ । साथै, ग्राहकका लागि इजी फाइनान्सिङ सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दशैं विशेष योजनाअन्तर्गत अल्ट्राभायोलेटको हरेक मोटरसाइकल खरिदमा ग्राहकले निःशुल्क हेल्मेट तथा डायमन्ड कोटिङ प्राप्त गर्नेछन् ।

हालै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्राभायोलेटले आफ्नो नयाँ क्रसओभर मोडल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो । नेपालका लागि एक्स४७ को मूल्य रु. ६ लाख ८४ हजार ९०० रहेको छ ।

दशैंको अवसरमा ल्याइएको यस योजनामार्फत अल्ट्राभायोलेटले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोटरसाइकलसँगै  हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

दशैंको अवसरमा अल्ट्राभायोलेट एक्स४७ खरिद गर्न चाहने ग्राहकले आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गरी दशैं अफर, इजी फाइनान्सिङ र एक्स४७ सम्बन्धी थप जानकारी लिन सक्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार...