धितोपत्र बोर्डले १७० दिनपछि बल्ल स्वीकृत गर्यो आईपीओ, हिम पर्वत हाइड्रोले पायो अनुमति

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले १७० दिनपछि बल्ल आईपीओ निष्काशनको अनुमति दिएको छ । धितोपत्र बोर्डको असोज १६ गते बसेको संचालक समितिको बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले २०८१ मङ्सिर ५ गते आईपीओ निष्काशनको लागि बोर्डमा अनुमति दिएको थियो। यस कम्पनीले ५.५ मेगावाटको सागु खोला १ र २० मेगावाटको सागु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ देखि विद्युत उत्पादन गरिरहेको छ। बत्ति पनि बालिसकेको र कम्पनीको नेटवर्थ १०० रुपैयाँ भन्दा माथि रहेकोले बोर्डले कम्पनीलाई आईपीओको अनुमति दिएको हो । अब कम्पनीले धितोपत्र दर्ता निष्काशन नियमावलीको व्यवस्था अनुसार दर्ता दस्तुर बुझाएपछि बोर्डले कम्पनीलाई अन्तिम स्वीकृति प्रदान गर्ने छ ।

बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले एक सार्वजनिक कार्यक्रममै २०८३ असोज १५ गतेसम्ममा एउटा मात्रै नभई धेरै वटा कम्पनीलाई धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति दिने बताएका थिए। तर बोर्डले असोज १६ गते बल्ल एउटा कम्पनीलाई आईपीओको अनुमति दिएको छ।

बिजनेशपानाले असोज १६ गते शुक्रबार बिहान नै बोर्डले बत्ति बालिसकेको र नेटवर्थ पनि सय रुपैयाँ भन्दा बढी रहेको एउटा हाइड्रोपावर कम्पनीलाई आईपीओको अनुमति दिने तयारी गरेको समाचार प्रकाशन गरेको थियो । यस अघि बोर्डले वैशाख २ गते एभरेष्ट कलरलाई आईपीओ अनुमति दिएको थियो। त्यसको १७० दिनपछि बल्ल अर्को आईपीओ बोर्डले स्वीकृत गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...