Monday, May 25, 2026
spot_img

गोरखकाली रबर उद्योग फेरि संचालन हुने आशा, अर्थमन्त्रीलाई बुझाईयो डिडिए प्रतिवेदन

spot_img
spot_img

रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योगको ड्यू डिलिजेन्स अडिट (डिडिए) प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाईएको छ । अर्थ मन्त्रालयले सो उद्योगको डिडिए गर्ने जिम्मा एस एण्ड एस एसोसियट्सलाई दिएकोमा आज प्रतिवेदन बुझाईएको हो ।

सरकारले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो। सो समितिले डिडिएको जिम्मा एस एण्ड एस एसोसियट्सलाई दिएको थियो । अब सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन अर्थ मन्त्रालयलाई प्राप्त भएसंगै विज्ञसहित सुझावका आधारमा उद्योगको निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गरिने छ । यस संगै अब उद्योग फेरी  संचालन हुने अपेक्षा गरिएको छ  ।

विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्णरुपमा बन्द छ । सरकारले उद्योगमा कार्यरत २८० कर्मचारीलाई विसं. २०७६ फागुनमा रु ९६ करोड दायित्वसहित अवकाश दिएको थियो । अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन् ।

उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो । अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रने गरेको छ ।

गोरखाको गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै रु १० अर्ब बराबरको सम्पत्ति छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् ।

आर्थिक वर्ष २०७८/७९ सम्मको लेखापरीक्षण प्रतिवेदन अनुसार उद्योगमा कुल शेयर लगानी ४३ करोड ६१ लाख ५५ हजार रुपैयाँ रहेको छ। जसमध्ये नेपाल सरकारको हिस्सा ३८.६३ प्रतिशत रहेको छ। यस उद्योगमा साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल बैंक लिमिटेड, नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेशनल ट्रेडिङ र सर्वसाधारण शेयरधनी समेतको लगानी रहेको छ।

पीपीए मोडलमा चलाउन सिफारिस 

यस अघि सरकारले उद्योग पुन: सञ्चालन सुझाव कार्यदल गठन गरेको थियो ।  राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाह नेतृत्वमा गठित पाँच सदस्यीय सुझाव कार्यदलले उद्योग पुन: संचालन गर्न सिफारिस गरेको थियो ।  उद्योगको स्थिर सम्पत्ति (भवन, जग्गा जमिन) मा साबिककै प्रकृतिको नयाँ प्रविधिमा आधारित गोरखकाली ट्रेडमार्कसहित उद्योग पुनः सञ्चालन गर्न उपयुक्त हुने सुझाव कार्यदलले दिएको थियो।  हाल कारखानामा परम्परागत प्रविधिको टायर उत्पादन हुने प्रविधिका मेसिन रहेको हुँदा हालको मेसिन उपकरणलाई पूर्ण रूपमा विस्थापित गरी नयाँ प्रविधियुक्त मेसिन जडान गर्न कार्यदलले सुझाव दिएको थियो ।

सरकारको पहलमा पुँजी र प्रविधि सहितको रणनीतिक लगानीकर्ता खोजी सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडलमा उद्योग सञ्चालन उपयुक्त हुने सुझाव कार्यदलले दिएको थियो ।  रणनीतिक साझेदार प्रमुख लगानीकर्ताका रूपमा रही निजीक्षेत्र एवं पुराना शेयर धनी र सर्वसाधारणको लगानी सहभागिता पनि सुनिश्चित गर्नुपर्ने सुझाव कार्यदलले दिएको थियो ।

गोरखा नगरपालिका १३ मजुवा देउरालीमा अवस्थित यस उद्योगले २०४९ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो। वार्षिक ८० हजार ट्रक टायर र ४० हजार नन् ट्रक टायर उत्पादन गर्ने क्षमता उद्योगको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिन्धु विकास बैंकको सीइओमा गणेश कुमार केसी नियुक्त

सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट...

१० प्रतिशत लाभांश घोषणा गरेको स्वाभिमान लघुवित्तले अब लाभांश नदिने, माग्यो क्षमा

स्वाभिमान लघुवित्तले लाभांश नदिने भएको छ। यस अघि लघुवित्तको...

उद्योगी व्यवसायीले देश छोड्न थालेको चर्चा, पुँजी पलायनको जोखिम बढ्यो

नेपालका केही उद्योगी व्यवसायीहरु लगानीको वातावरण बिग्रदै गएको र...

जापानद्वारा भारतीय आँपको आयातमा प्रतिबन्ध

जापानले यो सिजनमा भारतबाट ताजा आँपको आयात पूर्ण रूपमा...

सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्न सांसदको आग्रह

सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्न आग्रह...

बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न समिति गठन

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको...
spot_img