Thursday, August 13, 2026
spot_img

महान्यायाधिवक्ताको निर्णयले उपभोक्तालाई थप आर्थिक भारबाट राहत दिएको आइस्पानको भनाइ

spot_img

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले इन्टरनेट महसुल र दूरसञ्चार सेवा दस्तुरका सम्बन्धमा देखिएका अन्यौललाई चिर्दै महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयको स्वागत गरेको छ । आइस्पानले वल्र्डलिङ सम्बन्धि महान्यायाधिवक्ताको उक्त निर्णयले उपभोक्तालाई थप आर्थिक भार नपर्ने र इन्टरनेट उद्योगको अस्तित्व रक्षा हुने गरी कानुनी व्याख्या गरेको जनाएको छ ।

नेपालको इन्टरनेट सेवालाई सस्तो र गुणस्तरीय बनाउन प्रचलित ऐन तथा नियमावलीले स्पष्ट व्यवस्था गरेका छन्, जसलाई महान्यायाधिवक्ताको निर्णयले पुनः पुष्टि गरेको पनि आइस्पानले जनाएको छ ।

दूरसञ्चार नियमावली, २०५४ को दफा १५ (ज)ले फिक्स्ड वायर्ड ब्रोडब्यान्ड सेवाको कुल महसुलको बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क तोक्न सकिने सुविधा दिएको र दूरसञ्चार ऐन, २०५३ को दफा ४२ (१) (क) ले सेवा प्रदायकहरूले ग्राहकबाट लिने शुल्क नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गराई सोही दरमा मात्र उठाउने गरेको पनि आइस्पानले स्मरण गराएको छ ।

यसैगरी, आर्थिक ऐनमा फिक्स्ड ब्रोडब्यान्ड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर लाग्ने छैन भन्ने स्पष्ट र बाध्यात्मक व्यवस्था रहेको पनि आइस्पानले उल्लेख गरेको छ । यसकारण नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित निकायहरूको गहन अध्ययन र परामर्श पश्चात् महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय स्वागतयोग्य रहेको संंघको भनाइ छ ।

नीतिगत, राजस्व सम्बन्धी अभ्यास समेतलाई हेरेर महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयले मर्मत–सम्भारमा समेत थप कर थोपर्नुपर्छ भन्ने आधारहीन तर्कहरूलाई खारेज गरेको र यसबाट उपभोक्ताहरू थप आर्थिक भारबाट जोगिएको आइस्पानको भनाइ छ । साथै, लाखौँको रोजगारी र अर्बौँको लगानी भएको इन्टरनेट उद्योगको समेत रक्षा भएको संघले जनाएको छ ।

‘उपभोक्ता र इन्टरनेट सेवा उद्योगको हितमा भएको यो निर्णय प्रति उच्च सम्मान गर्दै महान्यायाधिवक्ताको कार्यालय, नेपाल दूरसंचार प्राधिकरण, सो निर्णयसंग सरोकार राख्ने नेपाल सरकारका सम्बन्धित अंग/निकायहरुलाई इन्टरनेट सेवा प्रदायक संघ परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ’ संघका अध्यक्ष सुधिर पराजुलीले जारीको गरेको विज्ञप्तिमा भनिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img