Thursday, August 13, 2026
spot_img

अन्जन श्रेष्ठ समर्थित टिमले सोमबार उम्मेदवारी घोषणा गर्दै

spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एउटा समूहले चैत ९ गते उम्मेदवारी घोषणा गर्ने भएको छ । हालका वरिष्ठ उपाध्यक्ष एवम् भावी अध्यक्ष अन्जन श्रेष्ठ समर्थित भनिएको टिमले सोमबार टिमकै उम्मेदवारी घोषणा गर्न लागेको हो ।

जस अनुसार एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा शिव प्रसाद घिमिरे र जिल्ला नगर तर्फका दुइ उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माको उम्मेदवारी घोषणा हुनेछ । पाण्डे हाल महासंघको केन्द्रीय सदस्य हुन् भने घिमिरे पनि केन्द्रीय सदस्य छन् । श्रेष्ठ महासंघ बागमती प्रदेशका अध्यक्ष हुन् भने शर्मा महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षको घोषणा नहुने

स्रोतका अनुसार यो समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी भने अहिले घोषणा नगर्ने भएको छ । ४ जना उपाध्यक्षको मात्रै उम्मेदवारी घोषणा गर्ने र वरिष्ठ उपाध्यक्षको उम्मेदवारी पछि घोषणा गर्ने गरी तयारी अघि बढाइएको सो समूहबाट उम्मेदवार बन्न लागेका एक व्यक्तिले जानकारी दिएका छन् ।

‘हाम्रो ४ जना उपाध्यक्षका उम्मेदवारको उम्मेदवारी घोषणा हुन्छ’ ति व्यक्तिले भने, ‘वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चाहिँ पछि घोषणा हुन्छ । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष केन्द्रीय कार्यकारिणी समितिबाट चुनिने भएकाले अहिले घोषणा हुँदैन ।’

ति व्यक्तिका अनुसार यो समूहको वरिष्ठ उपाध्यक्षका उम्मेदवार हालका उपाध्यक्ष सुरकृष्ण वैद्य हुन् ।

यसअघि हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्दै अर्को समूहले प्यानल घोषणा गरिसकेको छ । उक्त समूहको एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img