Sunday, August 16, 2026
spot_img

महासंघ बागमती प्रदेशको अध्यक्षका लागि ४ जना आकांक्षी, कसले मार्ला बाजी ?

spot_img

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अधिवेशन र निर्वाचन फागुनमा हुने भएको छ । महासंघ बागमती प्रदेशको १३औँ कार्यकारिणी समितिको बैठकले फागुन १ गते प्रदेश अधिवेशन र फागुन २ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठका अनुसार अध्यक्ष र विभिन्न पदका आकांक्षीबीच अहिले छलफल भइरहेको छ । यसपाली आफूले नेतृत्व हस्तान्तरण गर्ने भएकाले सर्वसम्मत रुपमा नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ ।

को को छन् दाबेदार ?

बागमती प्रदेश मुलुकको राजधानी काठमाडौँसमेत भएको प्रदेश हो । यसकारण महासंघ पश्चात महासंघका अङ्गहरुमध्ये सबैभन्दा बढी देखिने र सुनिने संरचना पनि बागमती प्रदेश नै हो ।

यसपाली महासंघको बागमती प्रदेशको नेतृत्व लिनका लागि ४ जना व्यवसायीहरु आकांक्षी देखिएका छन् । दुर्गाराज श्रेष्ठ (वस्तुगत÷एसोसियट), सविन श्रेष्ठ (ललितपुर), गुणराज श्रेष्ठ (खैरहनी) र बेदबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) महासंघ बागमती प्रदेशको अध्यक्षका आकांक्षी हुन् ।

दुर्गाराज श्रेष्ठ हाल महासंघ बागमती प्रदेशको उपाध्यक्ष छन् । वस्तुगत–एसोसियट समूहबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

अर्का आकांक्षी गुणराज श्रेष्ठ पनि उपाध्यक्ष हुन् भने सविन श्रेष्ठ पूर्व उपाध्यक्ष हुन् ।

बेदबहादुर श्रेष्ठ भने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । महासंघ बागमती प्रदेशभित्र उनले मुख्य जिम्मेवारी लिएर काम गरेका छैनन् । तर, पौष ६ गते बाह्रबिसेमा सम्पन्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३०औँ साधारणसभामा उनले महासंघ बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी नै घोषणा गरिसकेका छन् ।

दाबेदारहरुमध्ये केहीले महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष (हुनेवाला अध्यक्ष) अन्जन श्रेष्ठको समर्थन आफूलाई भएको बताउने गरेका छन् । तर, ढकाल र श्रेष्ठले अहिलेसम्म कोही कसैलाई पनि समर्थन गरेका छैनन् ।

सहमतिको प्रयास

महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले आकांक्षीहरु आफू आफूबीच पनि अहिले सहमतिको कुराकानी चलिरहेको बताए । आफू अध्यक्षको भूमीकामा रहेको हुनाले सबै आकांक्षीबीच एकमत कायम रहोस् भन्ने चाहना रहेको बताउँदै उनले सहमतिका लागि अधिकतम् प्रयास रहने बताएका छन् ।

‘आकांक्षी साथीहरु सबै योग्य हुनुहुन्छ’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अहिले निजी क्षेत्रभित्र प्रतिस्पर्धा भन्दा पनि एकमत र एकताको खाँचो छ । यस्तो बेलामा प्रतिस्पर्धामा जानुभन्दा मिलेर जानु राम्रो हुन्छ । साथीहरुले पक्कै पनि यो कुरा बुझ्नु भएकै छ ।’

अध्यक्षका दाबेदार दुर्गाराज श्रेष्ठले पनि अहिलेको समय सहमतिबाटै नेतृत्व चयन हुनुपर्ने समय भएको बताउँदै आफू सबै आकांक्षीहरुसँग छलफल र संवाद गर्न तयार रहेको बताएका छन् । यसका लागि अध्यक्षले समेत विशेष भूमीका खेल्नुपर्ने श्रेष्ठको भनाइ छ ।

निर्वाचन नै सर्न सक्ने

महासंघ बागमती प्रदेशले फागुन १ गते प्रदेश अधिवेशन र फागुन २ गते निर्वाचन गर्ने निर्णय गरेपनि यी दुबै कार्यक्रम सर्ने देखिन्छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गतेबाटै आचारसंहिता लागू गरेकाले महासंघ बागमती प्रदेशको अधिवेशन र निर्वाचन सर्न सक्ने देखिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...

निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १...

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...
spot_img