एभरेष्ट कलर लिमिटेडको सामूहिक लगानी कोषहरूको लागि छुट्टाईएको साधारण शेयरको लकईन अवधि २०८३ पुस ३ गते समाप्त हुने भएको छ।कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषलाई छुट्टाईएको ५ प्रतिशतले हुन आउने ३९ हजार ५ सय कित्ता शेयरको लकईन आगामी पुसमा समाप्त हुने भएको हो।
कम्पनीले निष्काशन गरेको आईपीओ २०८३ असार ४ गते बाँडफाँड भएको थियो। सामुहिक लगानी कोषलाई छुट्याईएको शेयरहरु ६ महिनासम्म लकइनमा रहने व्यवस्था छ। सोहि अनुसार सामूहिक लगानी कोषहरूको लागि छुट्टाईएको साधारण शेयरको लकईन अवधि २०८३ पुस ३ गते समाप्त हुने भएको हो।
सामूहिक लगानी कोषको दुई ओटा योजनाहरु परिपक्क भैसकेको हुँदा उक्त योजनाको स्वामित्वमा रहेका कुल ११९७ किता शेयर लकइन अवधि समाप्त हुनु अगावै फुकुवा गरिएको कम्पनीले जनाएको छ।










