महासंघका अध्यक्ष ढकाल र आइएमएफ नेपाल मिसन प्रमुखबीच भेटवार्ता

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानबीच भेटवार्ता भएके छ ।

भेटका क्रममा आर्थिक वर्ष २०८२/०८३ को बजेट, केन्द्रीय बैंकले जारी गरेको मौद्रिक नीतिको समीक्षा र अब आउने मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले चालु आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको जानकारी गराए । उनले बजेटमा महासंघका सुझावहरू समेटिएको उल्लेख गर्दै कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको जोड दिए ।

“हामीले बजेटलाई सकारात्मक रुपमा लिएका छौं । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदारी भए सम्भव छ” अध्यक्ष ढकालले भने । यद्यपी, पर्यटन क्षेत्र र जलविद्युत् विकासमा थप प्राथमिकता आवश्यक रहेको र यस विषयमा सरकारलाई सुझाव दिएको समेत बताए ।

भेटवार्ताका अवसरमा डा. सरावत जहानले आर्थिक वर्ष २०८२/०८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेट मार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षाका लगायत नेपालको समग्र अथतन्त्रका बारेमा जानकारी लिए ।

साथै उनले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले ँनयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी पनि दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...