सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदको दुवै सदनको अधिवेशन नरहेको बेला सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था छ।










